ओलीको आक्रोश : प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ? « Khabarhub

ओलीको आक्रोश : प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ?


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद् सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे ।

काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद् बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरे ।

पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै ओलीले भने, ‘महाअभियोग प्रस्तावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’

संसद् बैठकमा महाअभियोगको प्रस्तावलाई टेबुल नगरे भन्दै सभामुख सापकोटा सरकारको खेलौनाजस्तो भएको ओलीको टिप्पणी छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : ०७ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा