चीनसँग तनाव उत्पन्न हुन सक्ने सम्भावनाबीच अमेरिकाद्वारा क्षेप्यास्त्र परीक्षणमा ढिलाइ « Khabarhub

चीनसँग तनाव उत्पन्न हुन सक्ने सम्भावनाबीच अमेरिकाद्वारा क्षेप्यास्त्र परीक्षणमा ढिलाइ


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाले नियमित मिनेटम्यान ३ क्षेप्यास्त्र परीक्षण प्रक्षेपणमा ढिलाइ गरेको छ ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले जनाएअनुसार सभामुख पेलोसीको ताइवान भ्रमणबाट उत्पन्न हुन सक्ने तनावलाई ध्यानमा राख्दै अमेरिकी वायुसेनाले चीनसँग कुनै पनि असमझदारी बच्न परीक्षण प्रक्षेपण स्थगित गरिएको जनाएको छ ।

अमेरिकी अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल प्रणालीको विश्वसनीयताको मूल्याङ्कन गर्ने उद्देश्यले वर्षमा थुप्रै पटक गरिने यो परीक्षण शुरुमा क्यालिफोर्नियाको भान्डेनबर्ग एयर फोर्स बेसमा यस हप्ता हुने बताइएको थियो तर यसमा ढिलाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ३ : १९ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई