दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज दिनभर आयोगद्धारा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान, ताइवानको पछिल्लो घटनाक्रमप्रति प्रचण्डको गम्भीर ध्यानाकर्षण, प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढ्ने निश्चित, ४३ जना डीएसपीको सरुवा, विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित दुई जना पक्राउ लगायतका समचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

आयोगद्धारा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि राजनितिक दलहरुलाई आइतबारदेखि दल दर्ताको आह्वान गरेको छ ।

आयोगको आज बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । आयोगले आज एक सार्वजनिक सूचना .जारी गर्दै साउन ३१ भित्र दर्ता हुन आह्वान गरेको हो ।

यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ । ११६ राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ ।

आयोगले दल दर्ताको निवेदनका लागि दलको विवरण, दलको केन्द्रीय, प्रदेश र जिल्ला समितीका पदाधिकारीको विवरण र संख्या अनि वार्षिक लेखापरीक्षण प्रतिवेदन माग गरेको छ ।

ओलीविरुद्ध गुप्तचरी गरेका छैनौं : मन्त्री कार्की
सरकारले एमाले अध्यक्ष केपी ओलीको गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्ट पारेको छ ।

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले केहि सञ्चारमाध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापीङ गरि गोपनियताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताए । उनले यस्तो भ्रममा कोहि पनि नपर्न अनुरोध गरे ।

त्यस्तै मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको जानकारी दिए ।

बैठकले मध्य भोटेकोशी प्रसारण लाईन आयोजना प्रभावित क्षेत्रको क्षतिपूर्ति निर्धारण गर्ने समिति गठन गर्ने निर्णय भएको छ । निक्षेप सुरक्षणको सीमा तीन लाखबाट बृद्धि गरि पाँच लाख पुराउने निर्णय गरेको छ भने जापान सरकारका प्राप्त हुने , करिव १४ अर्व ६९ करोड

ताइवानको पछिल्लो घटनाक्रमप्रति प्रचण्डको गम्भीर ध्यानाकर्षण
ताइवानको पछिल्लो घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन ।

आज बेलुकी जापान जाने तयारीमा रहेका अध्यक्ष दाहालको भम्रण अघि उनको निजी सचिवालयले वक्तव्य जारी गर्दै ताइवानको पछिल्लो घटनाक्रमबारे स्पष्ट पारेको हो ।

नेपाल र माओवादी पार्टी एक चीन नीतिप्रति प्रष्ट रहेको र चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति आफुहरुको विरोध रहने पनि सो वक्तव्यमा भनिएको छ । अध्यक्ष दाहाल आज राती साढे १० बजे जापान प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग अघि बढ्ने निश्चित
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव ६ महिनापछि अघि बढ्ने भएको छ ।

आइतबार बस्ने प्रतिनिधिसभाको बैठकमा प्रस्तावमाथि छलफल गर्ने गरी संसद सचिवालयले तयारी अघि बढाएको छ भने सत्ता गठबन्धनमा आबद्ध दलहरुबीच पनि प्रस्ताव अघि बढाउन अनौपचारिक सहमति जुटेको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले आइतबारको बैठकले प्रस्तावमाथि सैद्धान्तिक छलफल गरेर छानबिन समितिमा पठाउन सक्ने जानकारी दिए ।

४३ जना डीएसपीको सरुवा
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै जेठ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो । बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् ।

राष्ट्रियतालाई बलियो बनाउनका लागि एमालेको सरकार बन्नुपर्छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन ।

भक्तपुरमा आज पार्टीको उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी पाँच वर्षपनि वर्तमान गठबन्धनले सरकार चलाए देश ध्वस्त हुने भन्दै राष्ट्रियतालाई बलियो बनाउनका लागि पनि एमालेको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन ।

गठबन्धनको कुनै गन्तव्य नै नरहेको र स्वर्थमा मात्र केन्द्रीत भएको भन्दै उनले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि जिकिर गरे ।

नेताहरुले केहि गरेनन् स्वतन्त्रले गर्छन भनेर प्रचार गर्ने गरिएको भन्दै ओलीले राष्ट्र निर्माणका लागि दलिय व्यवस्थाको अपरिहार्यता विश्वव्यापी रुपमा नै पुष्टि भएको बताए ।

पाँच दलीय गठबन्धन संविधान विपरीत : भीम रावल
नेकपा (एमाले) का प्रभावशाली नेता डा. भीम रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको बताएका छन।

रिपोटर्स क्लव नेपालले आज काठमाडौंमा गरेको साक्षात्कारमा उहाले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने र गठबन्धन गरे संविधानविपरित हुने बताए ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको उनले बताए । रावलले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निश्पक्ष र भयरहित वातवरणमा गराउनुपर्नेमा जोड दिए ।

मधेश प्रदेश सरकार विरुद्ध साडी–चुरा सडकमै फालेर विरोध
चुरे संरक्षण अभियन्ताहरूले मधेश प्रदेश सरकारविरुद्ध साडी–चुरा सडकमै फालेर विरोध गरेका छन । उनीहरुले जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडि साडी, चुरा, ब्लाउज, पेटीकोट फालेर चर्को विरोध गरेका हुन् ।

प्रदर्शनकारीहरू चुरे संरक्षण तथा भूमिहीन सुकुम्वासीहरूको माग सम्बोधन गराउन १७ दिनदेखि रिले अनसनमा छन ।

उनीहरूले आफ्ना पूर्वघोषित आन्दोलन कार्यक्रमअनुसार मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई साडी, चुरा, प्रदान गरेर विरोध जनाउने बताउँदै आएका थिए । तर प्रहरीले उनीहरूलाई मुख्यमन्त्री कार्यालयमा प्रवेश गर्न नदिएपछि सडकमै फालेर विरोध गरेका हुन ।

उनीहरूले पर्सि आइतबार मुख्यमन्त्री कार्यालय अगाडि बालबच्चा आन्दोलनको घोषणा गरेका छन ।

विमानस्थलबाट सुनको औंठी र मोबाइलसहित दुई जना पक्राउ
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सल्यान कालिमाटी गाउँपालिका–३ वतन भएका भूपेन्द्र घर्ती मगर र सिन्धुपाल्चोक ठूलोपखार गाउपालिका–८ वतन भएका भीमबहादुर तामाङ रहेका छन् ।

हिमालय एयरलाइन्सको विमानबाट दुबई हुँदै काठमाडौं आएका उनीहर“लाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

प्रहरीले भुपेन्द्रको साथबाट २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र ३ थान आईफोन ७ प्लस तथा भीमबहादुरको साथबाट पनि २५ ग्राम तौल बराबरको १ थान सुनको बेरुवा औंठी र १ थान आईफोन ८ प्लस तथा १ थान आइफोन ७ प्लस बरामद गरेको छ ।

थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ९ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २९ जना र ३ हजार ५ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय ७० संक्रमित निको भएका छन् । हाल नेपालमा ५ हजार ७ सय ६० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कैलालीमा सात वर्षीया बालिका मृत फेला
कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर–१ मा एक बालिका खोलामा मृत फेला परेकी छन् । चायाभावर बस्ने सन्तोश जोल्नी मगरकी सात वर्षीया छोरी तिल्सरी आज खोलामा मृत फेला परेकी हुन् ।

बिहीबार करिब दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुनासँग निस्केकी तिल्सरीको आज बिहान बरपानी खोलामा शव फेला परेको आफन्तले जनाएका छन् ।

उनका बुबा सन्तोष निम्न माध्यमिक तहको लाइसेन्स परीक्षाको लागि धनगढी बस्दै आएका थिए । आमा पन्चकला रोजगारीको सिलसिलामा भारत रहेकी छन्। उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिइन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : २२ बजे

राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीका अवसरमा शनिबार सिंहदरवारको

ट्रम्प कार्यालय प्रवेश फन्डमा बोइङ, गुगल र माइक्रोसफ्टको चन्दा

न्युयोर्क – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउस प्रवेश

पाँच महिनामा छ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो

काठमाडौं – चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म छ खर्ब ४०

राजेशभक्तको नेतृत्वमा फ्यानको नयाँ कार्यसमिति चयन

काठमाडौं – फ्लोरिकल्चर एसोसिएसन नेपाल ( फ्यान)को नयाँ नेतृत्व चयन

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता