बाघको छाला र हड्डीसहित कैलालीबाट चार जना पक्राउ « Khabarhub

बाघको छाला र हड्डीसहित कैलालीबाट चार जना पक्राउ


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– गोदावरी नगरपालिका–२ को पानी ट्याङ्की नजिकको सडक खण्डबाट प्रहरीले आज बाघको छाला र हड्डीसहित चार जनालाई पक्राउ गरेको छ ।

डोटीको बुडरबाट धनगढीतर्फ आउँदै गरेको सुप प्र०४–००१ च ०००६नं को बलेरो जिपको सिटमा लुकाइ राखिएको अवस्थामा एक थान बाघको छाला र हड्डीसहित बैतडी डिलासैनी गाउँपालिकाका राजेन्द्रसिंह भण्डारी, डोटीको जोरायल गाउँपालिकाका जिप चालक समिर ओली, कैलालीको चुरे गाउँपालिकाका टेकबहादुर रावत र धिरेन्द्र रावतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बाघको छाला ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सो जिपलाई रोकेर खोजतलास गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा छाला र हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्त बेदप्रकाश जोशीले बताए । पक्राउ परेका यी चार जनाको मिलेमतोमा बिक्री गर्ने उद्देश्यले बाघको छाला र हड्डी ल्याउँदै गरिएको बताइएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ९ : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल