एमाले बारा : ४ वटै निर्वाचन क्षेत्रबाट नाम सिफारिस « Khabarhub

एमाले बारा : ४ वटै निर्वाचन क्षेत्रबाट नाम सिफारिस


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बारा – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बारा जिल्लाका ४ वटै निर्वाचन क्षेत्रबाट नेकपा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

जिल्लाका ४ वटै निर्वाचन क्षेत्रमा आइतबार बसेको क्षेत्रीय कमिटी बैठकले उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।

बैठकले क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्षतर्फको निर्वाचनमा अच्युत मैनाली, पुरुषोत्तम पौडेल र मन्जुदेबी साहको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रतिनिधि सभा सदस्यमा सिफारिस भएका मैनाली र पौडेल नेकपा एमाले पोलिटब्युरो सदस्य र मन्जुदेवी साह जिल्ला कमिटीको सदस्य छन् । बैठकले समानुपातिकतर्फ अन्जु नेपाली, दुर्गादेवी घिमिरे, बद्री भट्टराई र पलटप्रसाद चौधरीको नाम सिफारिस गर्ने निर्णय गरेको छ ।

नेकपा एमाले जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक भरत भण्डारीले बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।

बैठकमा एमाले नेता पौडेल र मैनालीले आगामी निर्वाचनको लागि पार्टीले जसलाई टिकट दिए पनि सबै मिलेर जिताउनुपर्ने बताए ।

त्यसैगरी एमालेले क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ बलवीर चौधरीको एकल नाम सिफारिस भएको छ ।

चौधरी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एवं बारा जिल्ला इन्चार्ज हुन् । बैठकले रामनाथ बैठा, राजदेव यादव, अमरदेव यादव, सहनाज नेसा, बन्दना सिंह र अरबिन्दप्रसाद यादवलाई समानुपातिकतर्फको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै क्षेत्र नम्बर ३ बाट ज्वाला साह, अध्यानन्द पाण्डे र एम समिउल्लाको नाम सिफारिस भएको छ । सिफारिसमा परेकी साह एमाले पोलिटब्युरो सदस्य र पाण्डे जिल्ला कमिटी उपाध्यक्ष रहेका छन् । क्षेत्र नम्बर ४ बाट देवनारायण चौधरीको एकल नाम सिफारिस भएको छ ।  चौधरी एमाले बारा जिल्ला पूर्वअध्यक्ष हुन् ।

यसअघि शनिबार भएको बैठकले जिल्लाका ८ वटै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रबाट पनि उम्मेदवारहरुको नाम सिफारिस गरिसकेको छ । एमालेले सोमबार क्षेत्रीय कमिटीबाट सिफारिस भएर आएका उम्मेदवारको नाममा थप छलफल गरी प्रदेश समितिमा पठाउने जनाएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ६ : २६ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता