लाइगर असफल : ६ करोड फिर्ता गर्दै विजय | Khabarhub Khabarhub

लाइगर असफल : ६ करोड फिर्ता गर्दै विजय


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेता विजय देवरकोण्डा स्टारर फिल्म ‘लाइगर’ ले बक्सअफिसमा निर्मातालाई नै नराम्रो पछार्यो ।

फिल्म चल्नेमा अभिनेता विजय निकै विश्वस्त थिए, उनले फिल्मलाई बहिष्कार गर्ने व्यक्तिहरुलाई चुनौती समेत दिएका थिए । तर सोचेजस्तो भइदिएन । सोही कारण फिल्म बक्सअफिसमा फ्लप साबित भयो ।

अहिले यिनै विजयले निर्मातालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । यो फिल्म सय करोड बढी बजेटमा बनेको थियो । तर फिल्मले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेन । यही कारण विजयले निर्मातालाई ६ करोड बढी पैसा फिर्ता दिने निर्णय लिएका छन् ।

विजयले चार्मी कौर र अर्का सहनिर्मातालाई सहयोग गर्ने घोषणा गरेका हुन् । विजय आगामी प्रोजेक्ट ‘जन गण मन’ निर्देशक पुरी जगन्नाठका साथ गर्दैछन् ।

‘लाइगर’ बक्सअफिसमा असफल भएपछि यसको असर उनको आगामी फिल्मलाई पनि पर्ने देखिन्छ ।

निर्माताले ‘लाइगर’ असफल भएको देखेपछि ‘जन गण मन’ को बजेट पनि केही कम गरेका छन् ।

विजय र जगन्नाठले फिल्मको पारिश्रमिक नलिने निर्णय लिएका छन् । तर फिल्म सफल भएमा त्यसको नाफाको केही हिस्सा विजयको पनि हुनेछ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ९ : २७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग