हात्ती भगाउन रातभर जाग्राम « Khabarhub

हात्ती भगाउन रातभर जाग्राम


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ बडुवाल टोलका बासिन्दा हात्ती भगाउन रातभर जाग्राम बस्ने गरेका छन् ।भारतको दुधुवा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीको बथानले गाउँ पसेर धानबाली र मकैमा नोक्सान गर्न थालेपछि भगाउनका लागि त्यहाँका बासिन्दा रातभर जाग्राम बस्न थालेका हुन् ।

साँझपख आउने हात्तीको बथानले अन्नबालीमा नोक्सान पुर्‍याउने गरेको स्थानीय सीतादेवी बादीले बताए । ‘हात्तीको बथानले धानबाली सबै नोक्सान गरिसक्यो’, उनले भने, ‘यसपाली त खानलाई पनि किन्नुपर्छ घरमा पनि आउँछ कि भन्ने डर छ ।’ ‘उक्त निकुञ्जबाट ३०/३५ वटा हात्तीको बथान बच्चासहित दिनहुँ बडुवाल टोलमा पस्ने गरेकाले भगाउनका लागि रातभर जाग्राम बस्नुपर्छ हामी नसुतेको एक साता भइसक्यो’, उनले भने, ‘साइरन बजाएर होहल्ला गर्दा पनि हात्तीको बथान भाग्दैन ।’ स्थानीय लक्ष्मी रानाले हरेक वर्ष यहाँ घरखेतमा हात्तीले नोक्सान गर्ने गरेको बताए । ‘धान र मकै सबै सखाप पारिसक्यो घरमा पस्ने डरले रातभर जाग्राम बस्छौँ’, उनले भने, ‘रातभर गाउँका सबै भेला हुन्छौँ सशस्त्र प्रहरीले पनि सहयोग गरेको छ ।’ लक्ष्मीका अनुसार गाउँमा विद्युत् नहुँदा झन समस्या हुने गरेको छ ।

दोधारा चाँदनी नगरपालिका–५ का वडाध्यक्ष हरिसिंह धनाडीले गाउँमा हात्तीको आतङ्कले स्थानीयवासी त्रस्त भएको बताए । ‘यो बस्तीमा भारतीय सीमापर्ने भएकाले भारतले तारबार गर्न दिँदैन’, उनले भने, ‘हरेक वर्ष यहाँ भारतीय जङ्गलबाट हात्ती आइ नोक्सान गरेर जान्छन् ।’ अहिले जङ्गल पनि घना भइसकेकाले यहाँ हात्ती बढी आउन थालेको वडाध्यक्ष धनाडीले बताए । ‘यसको रोकथाम कसरी गर्न सकिन्छ भनेर भारतीय जनप्रतिनिधिसँग समन्वय गर्दैछौँ’, उनले भने, ‘क्षतिबारे वडा कार्यालयले तथ्यांक संकलन गर्दै छ ।’ यसैगरी हात्तीले बेदकोट नगरपालिका, लालझाडी गाउँपालिकामा समेत किसानको धानबालीमा नोक्सान पुर्‍याउने गरेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १२ : १८ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा