नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द « Khabarhub

नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द


२० भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खजुरा– बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यकपर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनुपर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।  

नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामी मर्कामा परेका छन् । नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको वीरङ्ग हेल्थ केयर प्रालीले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको हो ।

वीरङ्ग हेल्थ केयरका व्यवस्थापक शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए । गत आर्थिक वर्षदेखि चालू आर्थिक वर्षको भदौसम्मको गरी करिब दुई करोड नपाएको र उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो शाहले बताए ।

शाहका अनुसार बिरामीले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको रु दुई हजार पाँच सयका दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबापत सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । 

प्रकाशित मिति : २० भदौ २०७९, सोमबार  ३ : २४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली