वृद्धाहरुको बसीबियाँलो: तान बुनेरै दैनिक २२०० आम्दानी  « Khabarhub

वृद्धाहरुको बसीबियाँलो: तान बुनेरै दैनिक २२०० आम्दानी 

बजारमा हातले बुनेको जस्तो गुणस्तरीय नपाएपछि घरमै आउँछन् ग्राहक 



सिन्धुपाल्चोक- पाँचपोखरी थाङ्पालस्थित नागी घ्याङ  र मानेखर्कामा कुनै समयमा प्रत्येक घरधुरीमा श्यामा (तान) बुन्ने गरिन्थ्यो । अहिले दुई चार घरमा मात्र ५५ वर्ष काटेका वृद्धा महिलाहरूले  श्यामा बुनेर आफ्नो दैनिकी कटाउने गर्छन् । तामाङ र ह्योल्मो समुदायका महिलाहरूले प्रयोग गर्ने श्यामा कपडा यस समुदायमा एकदमै लोकप्रिय मानिन्छ । तर अहिलेका पुस्ताहरूले श्यामा बुन्न छाडे पछि अहिले मुस्किलले मात्र  पाउन थालेको  छ ।

मानेखर्कका ५८ बर्षिया ग्याल्मु लामाले श्यामा बुनेर दैनिक रु २२ सय आरामले कमाई गर्छिन् । १६ वर्षको उमेर हुँदा श्यामा ( तान ) बुन्न थालेको उनिले  अहिले सम्म निरन्तर बुनेर घर खर्च टारेको बताउँछिन् । “अहिले  हामी तीन चार जना वृद्धहरूले मात्र तान बुन्ने गरेका छौँ । बजारमा यसको माग धेरै भए पनि हामीले माग अनुसार पुर्‍याउन सकेका छैनौँ । बुन्नु भन्दा अगाडी नै घरमै आएर ग्राहकले अर्डर गरेर जानुहुन्छ ” उनले भनिन् । सुरुवातमा बुनेर बेच्दा यसको मूल्य १८० रुपैयाँ रहेको र अहिले एउटाको १८ सयदेखि २२ सयसम्म रहेको उनले बताइन् । रेडिमेट मेसिनले बनाएको श्यामा गाउँ घरमा भित्र्याउँदा नरमाइलो लागेको थियो तर हातले घरमै बुनेको जस्तो गुणस्तरीय नपाएपछि फेरि अर्डर गर्न ग्राहकहरू घरमै आएको पनि उनले बताइन्।

आम्दानीको राम्रो स्रोत 
एक पल्टको तानमा १२ वटा श्यामा बन्छ, एक दिनमा एक जनाले एक वा दुई वटा सम्म बुन्न सकिन्छ । १२ ओटा श्यामा बुन्दा यसमा प्रयोग हुने रङ, धागोको खर्च जोडेर पनि यसमा राम्रो फाइदा हुने लामाले बताइन्। त्यस्तै यस कपडा बाट श्यामा मात्र नभई झोला, थैलो जस्ता विभिन्न सामाग्री बनाउन पनि  प्रयोग गर्न सकिने स्थानीय बाबुराम लामाले बताए । तान बुन्दा प्रयोग हुने हाते समाग्रीहरु सबै गाउँघरमै पाउने काठ, बाँस, मुडा बाट नै तयार गर्न सकिने हुँदा थोरै खर्चमै तयार गर्न सकिने उनले बताए  ।

त्यस्तै ७३ वर्षीय नोर्चिन लामा आफ्नो लामो समयदेखि श्यामा बुनेको अनुभव सुनाउँदै भन्छिन् ” पहिला भन्दा अहिले यसको मूल्य पनि धेरै राम्रो छ, यसको माग पनि राम्रो छ तर अहिलेका नयाँ पुस्ताले बेवास्ता गर्दा दुःख लाग्छ । बल हुन्जेल सम्म तान बुनेर जीविकोपार्जन गरेँ तर अहिले उमेर ढल्किएपछि बुन्न सकिएन । हामी वृद्ध भएसँगै यो तान (श्यामा) बुन्नेको संख्या  निकै कम हुँदै गयो । अबको नाति नातिनाले श्यामा भनेको के हो भनेर नि बिर्सिन्छ जस्तो लाग्छ । “

तन्नेरी हुँदा श्यामा बुनेर जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङ सम्म बेच्न गएको उनले बताइन् । त्यस्तै “पाँचपोखरी गाउँपालिका भित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्कका तामाङ समुदायका महिला, युवतीले श्यामा कपडा धेरै मात्रमा प्रयोग गर्ने हुँदा  घरमै अर्डर गर्न आउँथ्यो ” उनले भनिन् ।  “मैले बुनेको श्यामा लण्डन, भारत, अमेरिकामा बस्नुहुने तामाङ समुदायका महिलाहरूले समेत अर्डर गर्थे ” उनले भनिन् ।

घरायसी काम गर्ने महिलाहरूले यस कार्यलाई निरन्तरता दिए राम्रो आमदानी हुने र श्यामा व्यवसाय लोभ नहुने पनि उनले सुझाव दिइन्।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ४ : २० बजे

ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ बल्खुमा ग२ख २०३९ नम्बरको ट्रकले बाप्र ०२–०६१

भदौ २३–२४ का घटना जाँचबुझ आयोगद्वारा म्याद थपको माग

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिन

सशस्त्र प्रहरी बलको नं. २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार

ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी

नेशनल घर निर्माण फेस्ट-२०८२ को प्रायोजकमा (पावर्ड बाई) मा शिवम् सिमेन्ट

काठमाडौं– स्किल सेवा प्रालि र शिवम् सिमेन्ट लिमिटेडबीच नेशनल घर निर्माण

खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको जहाज भैरहवा आइपुग्यो

भैरहवा– खगेन्द्र र रुद्रकलीलाई लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित