लिज ट्रस बनिन् नयाँ बेलायती प्रधानमन्त्री « Khabarhub

लिज ट्रस बनिन् नयाँ बेलायती प्रधानमन्त्री


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छिन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व दौडमा निवर्तमान अर्थमन्त्री ऋषि सुनकलाई पछि पार्दै निवर्तमान विदेशमन्त्री ट्रस नयाँ प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।

कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तन भएसँगै निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनको कार्यकाल पनि टुङ्गिएको छ । उनले मंगलबार प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिट छाड्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले स्कटल्याण्डको भ्रमण गरी महारानी एलिजावेथ द्वितीयलाई औपचारिक रुपमा राजीनामापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । विभिन्न प्रकरण एवम् विवादमा फसेपछि जोनसनले गत जुलाई महिनामा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

ट्रसले पनि महारानीसँग भेट गरी नयाँ सरकार बनाउनका लागि प्रक्रिया थाल्न आग्रह गर्ने जनाइएको छ । बेलायतमा सन् २०१५ मा भएको आम निर्वाचनपछि प्रधानमन्त्री बन्ने ट्रस चौथो कन्जरभेटिभ नेता हुन् ।

हाल युक्रेनमा जारी रुसी आक्रमण, बढ्दो मूल्यवृद्धि, राजनीतिक विभाजन लगायतका समस्याको समाधान गर्नु उनका लागि चुनौती रहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ४८ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा