लिज ट्रस बनिन् नयाँ बेलायती प्रधानमन्त्री | Khabarhub Khabarhub

लिज ट्रस बनिन् नयाँ बेलायती प्रधानमन्त्री


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लिज ट्रस बेलायतको नयाँ प्रधानमन्त्री बनेकी छिन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेतृत्व दौडमा निवर्तमान अर्थमन्त्री ऋषि सुनकलाई पछि पार्दै निवर्तमान विदेशमन्त्री ट्रस नयाँ प्रधानमन्त्री बन्न सफल भएकी हुन् ।

कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तन भएसँगै निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनको कार्यकाल पनि टुङ्गिएको छ । उनले मंगलबार प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रिट छाड्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

उनले स्कटल्याण्डको भ्रमण गरी महारानी एलिजावेथ द्वितीयलाई औपचारिक रुपमा राजीनामापत्र हस्तान्तरण गर्ने कार्यक्रम रहेको जनाइएको छ । विभिन्न प्रकरण एवम् विवादमा फसेपछि जोनसनले गत जुलाई महिनामा पदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

ट्रसले पनि महारानीसँग भेट गरी नयाँ सरकार बनाउनका लागि प्रक्रिया थाल्न आग्रह गर्ने जनाइएको छ । बेलायतमा सन् २०१५ मा भएको आम निर्वाचनपछि प्रधानमन्त्री बन्ने ट्रस चौथो कन्जरभेटिभ नेता हुन् ।

हाल युक्रेनमा जारी रुसी आक्रमण, बढ्दो मूल्यवृद्धि, राजनीतिक विभाजन लगायतका समस्याको समाधान गर्नु उनका लागि चुनौती रहेको विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ४८ बजे

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले

रिसइबी साँध्न छिमेकीकी तीन वर्षीया नावालिकाको हत्या, आमाछोरी पक्राउ

सिरहा– सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका

बझाङमा एमाले ३४१ मतले अगाडि, साइपालको करिब हजार मत गन्न बाँकी

बझाङ- बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार