ज्योतिषको लाइसेन्सको व्यवस्था गर्न परिषद्सँग परामर्श लिने | Khabarhub Khabarhub

ज्योतिषको लाइसेन्सको व्यवस्था गर्न परिषद्सँग परामर्श लिने


२० भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले देशभरका ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि ज्योतिष परिषद्सँग परामर्श लिने बताएका छन् ।नेपाल ज्योतिष परिषद्को आज यहाँ आयोजना गरिएको २४ औँ वार्षिक अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सबै ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ज्योतिष परिषद्सँग परामर्श लिने बताए ।

‘ज्योतिष, धर्मशास्त्र र तन्त्रमन्त्र, वास्तु एक अर्का परिपूरक हुन्, यसको रक्षाका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्छ’ उनले भने। अध्यक्ष अधिकारीले आफूले कमाएको सम्पत्ति शुद्धिको निम्ति धर्म संस्कृतिको संरक्षणको क्षेत्रमा दान गरेमात्र पुण्य प्राप्ति हुने बताए ।

नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले ज्योतिषीहरू आचारसंहितामा बसेर ज्योतिषीय कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । उनले आगामी पुस २४ गते परिषद्को २५औँ रजत जयन्तीलाई भव्य रुपमा सम्पन्न गर्दै वर्षभरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे । दुई वर्षे कार्यकालमा परिषद्को भवन निर्माण सम्पन्न गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव विष्ट, राष्ट्रिय ज्योतिष विज्ञान समितिका अध्यक्ष तिलकराज पौडेललगायतले अधिवेशनको शुभकामना दिएका थिए।

विसं २०५५ सालमा स्थापना भएको परिषद्ले देशभरका सातवटै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको ज्योतिष परिषद्का केन्द्रीय सदस्य एवं कार्यालय सचिव शिवलाल पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  १० : ५० बजे

अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालनमा

बागलुङ – पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक तीन दिनपछि सञ्चालनमा

बागलुङमा परम्परागत जोगी नाच प्रदर्शन

गण्डकी – नेवार समुदायमा यतिबेला विभिन्न जात्रा र नाचको रौनक

अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न एनटीए र एनटिसीबीच सम्झौता

काठमाडौं – ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडीएफ) मार्फत गण्डकी र

रवि लामिछानेलाई ललितपुरको नक्खु कारागार ल्याउने निर्णय

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने