दसैँ छाडेर दैलेखबाट एकल कर्णाली पदयात्रा « Khabarhub

दसैँ छाडेर दैलेखबाट एकल कर्णाली पदयात्रा

‘क’ बाट कर्णाली चिनाउँदै दैलेखका युवा श्याम बिसी



सुर्खेत : ‘क’ बाट कर्नाली । कर्णाली साँच्चिकै सुन्दर छ । कर्णाली त्यस्तो ठाउँ हो, जहाँ मुगुमा अवस्थित स्वर्गकी अप्सरा रारालाई भेट्न, नजिकबाट छुन, र आँखाले नियाल्न सकिन्छ । त्यस्तै आकाश जस्तै निलो, पवित्र डोल्पाको शे–फोक्सुण्डो, लगायत कर्णालीमा यस्ता अनगिन्ती रमणीय ठाउँहरू छन् । जहाँ पुग्दा साँच्चिकै स्वर्ग पुगेको भान हुन्छ ।

रारा र शे–फोक्सुण्डो मात्र स्वर्ग नभएर कर्णालीमा त्यस्ता कैयौँ स्वर्ग भेट्न सकिन्छ । तर, जो अहिले प्रचार प्रसार नहुँदा घुम्टोभित्र अनुहार लुकाएकी दुलही जस्तै छोपिएर लुकेर बसेका छन् । पर्यटक आउने पर्खाइमा छन् । रारा र शे–फोक्सुण्डो मात्र नभएर भित्र भित्र लुकेका अनगिन्ती ठाउँउपर रहेका छन् । कर्णालीमा रारा र शे–फोक्सुण्डो हेलिकप्टरमा आएर मात्र कर्णालीको बुझ्न सकिँदैन् । कर्णाली बुझ्न कर्णालीसँगै यात्रा गर्नुपर्छ । कर्णालीका सुन्दर पदमार्ग, जल, जङ्गल, जनावर र सम्रग कर्णालीसँग सँगसँगै यात्रा गर्नुपर्छ ।

जहाँ कर्णालीको यात्राले साँच्चिकै स्वर्ग स्वर्ग पुगेको महसुस गराउँछ । यति मात्र कर्णालीका पर्यटकीय स्थल होइनन् । कर्णालीमा लुकेर रहेका थुप्रै गन्तव्यहरू रहेका छन् । प्रचारप्रसार नभएर जो किम्बदन्तीका रुपमा ओझेलमा छन् । दुलही जस्तै घुम्टोभित्र लुकेका पर्यटकीय गन्तव्य पहिल्याउन र देखिएका पर्यटकीय क्षेत्रलाई प्रचार प्रसार गर्न दैलेखका श्याम बिसीले ‘क’ बाट कर्णाली भन्ने नारासहित एकल पदयात्रा गरिरहेका छन् । कर्णालीमा पदमार्ग पहिल्याउदै एकल पद यात्राको सुरुवात गरेका छन् ।

२०५४ सालमा दैलेखको गुराँस गाउँपालिका –६ मा जन्मेका श्याम बिसी कर्णालीमा पद मार्ग पहिल्याउने उद्देश्यले एकल पद यात्रा गर्दै कालिकोट पुगेका छन् । दसैँको दिन पनि उनी कर्णालीको पदयात्रा गरिरहेका छन् । एकल पद यात्रा गर्न जोखिम मात्र होइन उत्तिकै चुनौतीपूर्ण यात्रा पनि हो । त्यही जोखिमको सामना गर्दै र चुनौतीलाई अवसरमा परिणत गर्दे आफू एकल पदयात्रामा निस्केको बिसीले बताए ।

‘

कर्णाली हेलीकप्टरमा आएर रारा र शे–फोक्सुण्डो हेरेर मन बुझाउने कर्णाली होइन र हुँदैन,’ उनले भने, ‘कर्णाली भर्जिन छ । कर्णालीमा हिँडेरै पदयात्रा गर्न सुरक्षित छ । यसभित्र लुकेर रहेका कैयौँ गन्तव्य छन् । धेरै कुराहरू हेर्न बाँकी छन् । पद यात्रा पहिल्याउदै पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यका साथ एकल पद यात्रा सुरु गरेको हुँ ।’

पद यात्रा पहिल्याउनका लागि पहिलोचरणका दैलेख सहित कालिकोट पूर्व, जुम्ला, मुगु, हुम्ला हुँदै पुन कालिकोटको पश्चिमबाट दैलेख तर्फ फर्किने बिसीको योजना रहेको छ । पद यात्रा पहिल्याउदै दैलेखको महाबु हुँदै अघि बढेको बिसीले बताए । कर्णालीमा सडक सन्जालसँग नजोडिदा कर्णाली शिल्क रोड अथवा नेपालगन्ज, सुर्खेत दैलेखको महाबु हुँदै मानसारोबर दर्शनको लागि जाने गरेको किम्बदन्ती मात्रै हुन थाल्यो,’उनले भने,‘सडक सन्जालसँग जोडिएपछि मानसरोवर दर्शन गर्ने पैदल यात्री घट्दै गएको र पैदल मार्ग हराउँदै गएकाले महाबु रुटबाट पद यात्रा अघि बढाएको हुँ ।’

आइतबार बिहान नेपाल पत्रकार महासंघ दैलेख, नेपाल फोटो पत्रकार महासंघ दैलेखले ‘क’ बाट कर्णाली चिनाउन अपर कर्णालीको एकल पदयात्रामा निस्किएका बिसीलाई बिदाई गरेका थिए । एकल पद यात्रामा निस्किएका श्याम बिसी नेपाल फोटो पत्रकार महासंघ दैलेखका अध्यक्ष समेत हुन् ।

दशै भरी हुने यो यात्रामा करिब १५ सय जनासँग प्रत्यक्ष भेटघाट गर्ने, ५० घरमा दशै, ५ जिल्लाका महत्वपुर्ण क्षेत्रको स्थलगत अवलोकन र प्राचीन शिल्क रोड (पदमर्गको खोज, पहिचान) गर्ने उद्देश्यले एकल पद यात्रामा अघि बढेको बिसी बताउँछन् ।

एकल पद यात्रामा निस्केका बिसी कर्णाली ग्यालरी, प्रोजेक्ट ठुटे र सिक्ने क्याम्पेनका प्रवर्द्धक समेत हुन । उनी कर्णाली ग्यालरी मार्फत कर्णालीको प्रचार प्रसार गर्दै आएका थिए । दैलेखसहित कर्णालीका कालिकोट पूर्व, जुम्ला, मुगु, हुम्ला हुँदै पुन कालिकोट पश्चिम कर्णालीको तिरै तिर राकम कर्णाली पुगेर पहिलो चरणको पाँच जिल्लाको पदयात्रा सकिने पद यात्री बिसीले खबरहबलाई बताए ।

श्याम बिसी पद मार्ग पहिल्याउदै कर्णालीका पाँच जिल्ला दैलेख, कालिकोट, जुम्ला, मुगु हुम्ला सम्म पुगेर पुन कालिकोट पश्चिम हुँदै कर्णालीको तिरै तिर हिँडेर दैलेखको राकम कर्नाली पुगेर पहिलो चरणको एकल पदयात्रा सक्ने छन् । यो पदयात्राले उनलाई मात्रै होइन, कर्णालीमा ट्रेकिङ गर्न चाहने धेरैलाई प्रत्यक्ष रुपमा फाइदा पुर्‍याउनेछ ।

एक युवाको प्रयासले कर्णालीको पर्यटनमा टेवा पुग्ने विश्वास पनि उनमा छ ।

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्