दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान « Khabarhub

दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

लमजुङ- दसैँ मनाउन छोडेर लमजुङका अलैंची किसान  अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ । 

असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरूले तिहार अगावै सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा पुर्‍याउने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि उनीहरुले दसैं मान्न छोडेका छन् । ‘यसपटकको दसैँ पनि अलैंची बगान र भट्टीमा बित्ने भो ।’ अलैंची किसान आइतराम तामाङ बताउँछन् । अलैंची पाकिसकेकाले सबै किसान अलैंची बारी र भट्टीमा रहेको उनले बताए । पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने उनको भनाइ छ । 

छिनखोलामा ५५ घर छन् । अहिले सबै घरमा मानिसको बसोबास छ । विकट ठाउँ भएकाले शिक्षा, स्वास्थ्य लगायत विकासको अभावमा बसाइँसराई हुँदा गाउँ रित्तिएको थियो । ‘यति ठूलो गाउँ भए पनि सबै बसाइ सरेर १५ घरमा झरेको थियो’ अगुवा कृषक लालबहादुर तामाङले भने, ‘अहिले त सबै गाउँ फर्केका छन् । सबैले अलैंची खेती गरेका छन् । रमाइलो भइरहेको छ ।’ 

युवा कृषक बलराम लामाका अनुसार अलैँचीले गर्दा युवाहरू विदेश जानबाट रोकिएको छ । विदेश गएकाहरू पनि गाउँ फर्केर अलैंची खेतीमा लागेका छन् ।  

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : १९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५