दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान « Khabarhub

दसैं छोडेर अलैंची टिप्न र सुकाउन व्यस्त किसान


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

लमजुङ- दसैँ मनाउन छोडेर लमजुङका अलैंची किसान  अलैंची टिप्ने र सुकाउन तल्लिन छन् । अलैंची टिप्न सहरबजार झरेका गाउँ फर्केका छन् । सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत स्थानीय पनि गाउँ पुगेर अलैंची टिप्ने र सुकाउने कार्यमा व्यस्त छन् । गाउँका बुढापाका, बालबालिका तथा युवायुवती अलैंची टिप्न र सुकाउन लागेका छन् । जंगलका अलैंची बगानदेखि गाउँका अलैंची सुकाउने भट्टीसम्म कृषकको जमघट छ । 

असोज महिना सुरु भएयता अलैंची टिप्ने र सुकाउने काममा खटिएका उनीहरूले तिहार अगावै सबै सुकाएर बिक्रीका लागि तयारी अवस्थामा पुर्‍याउने योजना बनाएका छन् । गाउँमा अलैंची खेती हुन थालेपछि उनीहरुले दसैं मान्न छोडेका छन् । ‘यसपटकको दसैँ पनि अलैंची बगान र भट्टीमा बित्ने भो ।’ अलैंची किसान आइतराम तामाङ बताउँछन् । अलैंची पाकिसकेकाले सबै किसान अलैंची बारी र भट्टीमा रहेको उनले बताए । पाकिसकेको अलैंची समयमा टिपिएन भने बिस्तारै ढुसी बढ्ने उनको भनाइ छ । 

छिनखोलामा ५५ घर छन् । अहिले सबै घरमा मानिसको बसोबास छ । विकट ठाउँ भएकाले शिक्षा, स्वास्थ्य लगायत विकासको अभावमा बसाइँसराई हुँदा गाउँ रित्तिएको थियो । ‘यति ठूलो गाउँ भए पनि सबै बसाइ सरेर १५ घरमा झरेको थियो’ अगुवा कृषक लालबहादुर तामाङले भने, ‘अहिले त सबै गाउँ फर्केका छन् । सबैले अलैंची खेती गरेका छन् । रमाइलो भइरहेको छ ।’ 

युवा कृषक बलराम लामाका अनुसार अलैँचीले गर्दा युवाहरू विदेश जानबाट रोकिएको छ । विदेश गएकाहरू पनि गाउँ फर्केर अलैंची खेतीमा लागेका छन् ।  

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  १० : १९ बजे

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना