मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता अभिनेत्री « Khabarhub

मांसाहारीबाट शाकाहारी बनेका यी हुन् बलिउड अभिनेता अभिनेत्री


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

मुम्बई । जनावरको मासु खानु मानिसका लागि बानी नै परिसकेको छ । सक्नेले दैनिक नसक्नेले साप्ताहिक रुपमा एक वा दुई पटक मासु खाएकै हुन्छन् । यद्यपि, सबैले मासु खान्छन् भन्ने पनि हाेइन । बलिउडका यी कलाबार बारे जानौँ जो पहिला मांसाहारी थिए तर अहिले शाकाहारी बनेका छन् ।

रणवीर कपुर

रणवीर पहिला ननभेजको भयंकर सौखिन थिए । तर, अहिले उनी पूर्ण रुपमा शाकाहारी बनेका छन् । हालका दिनमा उनी वीगन डाइटमा छन् ।

भूमि पेडनेकर

कोरोनाको लकडाउन अघिसम्म अभिनेत्री भूमि मांसाहारी थिइन् । तर, कोरोनालगत्तैको लकडाउनले उनलाई शाकाहारी बनाइदियो । घरमै बस्नुपर्ने भएका कारण उनले आफूलाई पूर्ण रुपमा शाकाहारी बनाइन् । शाकाहारी बनेपछि शरीरमा आएको परिवर्तनप्रति उनी खुशी छिन् ।

रितेश देशमुख

रितेशले दुई वर्षअघि मात्र ननभेज त्यागेका थिए । उनले सामाजिक सञ्जालमार्फत आफूले गरेको निर्णय फ्यानलाई जानकारी दिएका थिए । उनी अहिले शाकाहारी जीवनशैलीमा रमाइरहेका छन् ।

शिल्पा सेठ्ठी

आफ्नो फिटनेसका लागि चिनिएकी शिल्पाले सन् २०२० मा मांसाहारी भोजनबाट सन्यास लिइन् । फिटनेसकै कारण उनले शाकाहारी भोजनलाई अपनाइन् ।

जोन अब्राहम

जोनले कैयौं वर्षअघि मांसाहारी परिकारबाट आफूलाई अलग्गै राखेका छन् । उनले बलिउडमा पाइला चाल्नुअघि नै मांसाहारी परिकारलाई त्यागेर शाकाहारी भोजन अपनाइसकेका थिए ।

कंगना रनावत

कंगना मुम्बई आउनुअघि मांसाहारी थिइन् । तर मुम्बई आएपछि उनी पूर्ण रुपमा शाकाहारी बनिन् ।

आलिया भट्ट

आलियाले सन् २०२० देखि मांसाहारी भोजन त्यागिन् । मांसाहारी भोजनको शौखिन उनले मांसाहारी परिकार त्याग्दा सबैजना चकित परेका थिए । तर अहिले भने उनको यो निर्णयले परिवार खुशी छन् ।

शाहिद कपुर

शाहिद कुनै बेला मांसाहारी भोजनको शौखिन थिए । तर, पिता पंकज कपूरले दिएको एक पुस्तक पढेपछि उनी पूर्ण रुपमा शाकाहारी बने ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  २ : ४२ बजे

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल असोज २३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २३ गते शुक्रबार सन् २०२६

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको