डेनिस प्रधानमन्त्रीद्वारा नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा « Khabarhub

डेनिस प्रधानमन्त्रीद्वारा नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले आगामी नोभेम्बर १ का लागि आम निर्वाचनको घोषणा गरेकी छिन् ।

सोसल डेमोक्रयाटिक नेताले एक पत्रकार सम्मेलनमा भनिन्, “मैले आज महारानीलाई फोल्केटिङको निर्वाचन गरिने जानकारी गराएकी छु ।” डेनमार्कमा संसद्लाई फोल्केटिङ भनिन्छ ।

सन् २०१९ को जुनयता सत्तामा रहेकी फ्रेडरिक्सनले डेनिस प्रणालीअन्तर्गत सन् २०२३ को जुनसम्ममा चुनाव घोषणा गर्नुपर्ने थियो ।

तर उनले अल्पमतको सरकारलाई समर्थन गर्ने एउटा सानो दलको चेतावनीको सामना गर्नुपरेको थियो र अक्टोबर ६ मा संसदको पहिलो बहस अघि नै चुनाव गराउन माग गरिएको थियो ।

हालैका सर्वेक्षणहरूले सोसल डेमोक्याट्सको नेतृत्वमा धेरै वामपन्थी पार्टीहरूको ‘रेड ब्लक’ लाई ४७ देखि ५० प्रतिशतको बीचमा मत दिएको छ, जबकि ‘ब्लू ब्लक’ को लागि ४९ देखि ५० प्रतिशत मत छ ।

ब्लु ब्लकमा लिबरल पार्टी, कन्जरभेटिभ पार्टी र तीन राष्ट्रवादी दक्षिणपन्थी पार्टीहरू समावेश छन् ।

ग्रीनल्याण्ड र फारो टापुका विदेशी सांसदहरूको समर्थन बिना डेनमार्कको संसद्मा कुनै पनि समूहको बहुमत पुग्दैन ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ६ : १७ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी