राम बन्न डराएका थिए प्रभास | Khabarhub Khabarhub

राम बन्न डराएका थिए प्रभास


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता प्रभासको फिल्म ‘आदिपुरुष’ को ट्रेलर हालै सार्वजनिक भएको छ । यो फिल्ममा प्रभासले राम चरित्र निर्वाह गरेका छन् । उनका अनुसार फिल्मका लागि उनले निकै मेहनत गरेका छन् ।

प्रभासले आफूले रामको चरित्र निभाइरहँदा धेरै डराएको खुलाएका छन् । ‘म प्रभु रामको भूमिका निर्वाह गर्दा निकै डराएको थिएँ । तीन दिनपछि मैले ओम राउतलाई फोन गरेर यदि मबाट केही गल्ती भयो भने । धेरै माया, सम्मान र डरसँगै हामीले यो फिल्म पुरा गर्यौ । यो सबै काम भगवान रामको कृपाले नै सम्भव भयो’, उनले भनेका छन् ।

फिल्ममा प्रभासको अपोजिटमा कृति सेननले अभिनय गरेकी छन् । फिल्म आगामी वर्षको १२ जनवरीमा रिलिज हुँदैछ । फिल्मले भगवान रामको गाथा बोल्नेछ ।

टिजर सार्वजनिक भएपछि फ्यानहरुले फिल्म बहिस्कारको माग गरिरहेका छन् । उनीहरुले फिल्ममा रावण बनेका सैफ अली खानको लुक्स देखेर निराश बनेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : ४० बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले