दसैँ मनाउने शैली फेरिँदै | Khabarhub Khabarhub

दसैँ मनाउने शैली फेरिँदै


१९ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो समय हरेक समुदायमा चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने र दसैँको दिन शरीरका पाँच भागमा सेतो टीका लगाउने परम्परा रहेको थारु समुदायमा पछिल्लो समय अन्य समुदायको जस्तै घटस्थापनाका दिन नै जमरा राख्ने र रातो टिका लगाउने गरिन्छ ।

थारु अगुवाका अनुसार केही समययता चाडपर्व मनाउने चलन फेरिँदै गएको छ । थारु अगुवा बलवहादुर डँगौराले थारु समुदायमा परम्परा अनुसार दसैँको टीका सेतो लगाउने चलन रहे पनि अहिले रातो लगाउन थालिएको बताउँछन् ।

“हाम्रो परम्परा अनुसार दसैँमा सेतो टीका शरीरका पाँच भागमा लगाइन्छ”, उनले भने– “अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालेका छन् ।”

समय अनुसार चाडपर्व मनाउने चलन पनि फेरिँदै गएको हो । कञ्चनपुरको सुडाका हरिकृष्ण भट्टले पहिला पहिला दसैँको बेला मन्दिरमा जाने पुजाजाठ गर्ने, रातभर मन्दिरमा जाग्राम रहने र मान्यजनबाट जमरा ग्रहण गरी आशिर्वाद लिने चलन रहे पनि पछिल्लो समय दसैँ केवल खानपीनमा मात्रै सीमित भएको बताए ।

“अहिले पहिलाको भन्दा फरक तरिकाले चाडपर्व मनाउन थालिएको छ”, उनले भने– “उतिबेला मन्दिरमा जाने चलन थियो, अहिले घुम्न जाने, रमाइलो गर्ने, खानपीनमा बढी ध्यान दिने गरिन्छ ।” अहिले पुस्ताले रमाइलोमा बढी ध्यान दिने गरेको उनको भनाइ छ ।

अहिले प्रविधिको विकासले पनि चाडपर्व मनाउने चलन फेरिँदै गएको स्थानीय विष्णुदत्त पन्तले बताए । “टाढा भए पनि प्रविधिको माध्यमले आफन्तसँगै भएको जस्तो हुन थालेको छ”, उनले भने– “इन्टरनेटको प्रयोगले विदेशमा रहेकाहरु ‘भर्चुअल’ माध्यमबाट टीका लगाएर खुशियाली मनाउने तथा आशिर्वाद लिने गरेका छन् ।”

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ९ : २० बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका