निर्वाचन कार्यालय अगाडिको सडक ढलान तीव्र गतिमा | Khabarhub Khabarhub

निर्वाचन कार्यालय अगाडिको सडक ढलान तीव्र गतिमा


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१को दिक्तेलस्थित जिल्ला निर्वाचन कार्यालय अगाडिको सडकमा ढलानको काम तीव्र गतिमा भइरहेको छ । उपभोक्ता समितिको १५ प्रतिशत श्रमदान रहने गरी नगरपालिकाले विनियोजन गरेको रु ५६ लाख ६४ हजारको लागतमा ढलान सुरु गरिएको हो ।

आगामी पुस ३० गतेभित्र सम्पन्न गर्ने गरी गत असोजमा सम्झौता भएको सडक ढलानको काम ६० प्रतिशत सम्पन्न भइसकेको निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रकाश थापाले बताए । सोही रकमले अल्छेढुङ्गाबाट अस्पतालसम्मको सडकमा बिग्रिएको ठाउँमा सोलिङ पनि गर्नुपर्ने जनाइएको छ ।

यस्तै सोही रकमले लोकसेवा कार्यालय अगाडिबाट जनता समाजवादी पार्टीको कार्यालय हुँदै नेपाली कांग्रेसको पार्टी कार्यालय अगाडिसम्मको सडकमा ट्र्याक खोलिने, हेलिप्याडसम्म सडक पुर्‍याउने सम्झौतामा उल्लेख छ ।

ढलान भइरहेको सडक अनुगमनका क्रममा गुणस्तरीय रहेको वडा नं १ का वडाध्यक्ष नवराज राईले बताए । तीव्र गतिमा ढलान भइरहेको उक्त सडक तोकिएको समयभन्दा अगाडि नै सम्पन्न हुने उपभोक्ता समितिले जनाएको छ ।

दिक्तेल बजारको बीचमा पर्ने सडक ढलान भइरहेकाले उक्त सडकमा सवारी साधन आवतजावत बन्द छ । मुख्य सडक बन्द भएपछि जिल्ला प्रशासन कार्यालय, नगरपालिकाको कार्यालयलगायत सरकारी कार्यालय आवतजावत गर्न लोकसेवा अगाडिको सडक प्रयोग हुँदै आएको थियो ।

लोकसेवा कार्यालय अगाडिको सडक कच्ची एवम् हिलाम्मे हुँदा धेरै पटक मोटरसाइकल, टेम्पोलगायत सवारी साधन दुर्घटना हुने गरेको थियो । सो सडक ढलान भएपछि सवारी साधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : ०४ बजे

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं