विभिन्न अभियोगमा जेल जीवन विताएका रुसीलाई युक्रेन युद्धमा परिचालन गरिने « Khabarhub

विभिन्न अभियोगमा जेल जीवन विताएका रुसीलाई युक्रेन युद्धमा परिचालन गरिने


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

मस्को – रुसले लागू औषधसहित विभिन्न अभियोगमा जेल परेर छुटेका व्यक्तिहरुलाई कानुनमा परिवर्तन गरेर युक्रेनमा लड्न अनुमति दिइएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनल गम्भीर अपराधमा दोषी ठहरपछि जेल जीवत विताएर छुटेका पुरुषहरूलाई युक्रेन युद्धमा परिचालन गर्न लागेका हुन्। बालबालिका विरुद्धको यौन अपराध वा आतंकवादको अभियोगमा सजाय पाएका पूर्व कैदीलाई भने सेवाबाट बञ्चित गरिने भएको छ।

रुसी सेनाले युद्ध अपराधहरू गरेका र सर्वसाधारण मारिएका युक्रेनसम्बन्धी स्वतन्त्र अन्तर्राष्ट्रिय आयोगले सेप्टेम्बरमा रिपोर्ट गरेको थियो। रिपोर्टअनुसार केही सैनिकले लिंगमा आधारित हिंसा गरेका थिए।

युक्रेन आफैंले रुसी सेनाद्वारा हजारौं सम्भावित युद्ध अपराधहरू पहिचान गरेको बताएको छ। रुसले जानाजानी नागरिकमाथि आक्रमण गरेको अस्वीकार गर्दै युक्रेनी सेनाले देशको पृथकतावादी-नियन्त्रित क्षेत्रहरूमा नागरिकहरूलाई तोपखानाले निशाना बनाएको आरोप लगाएको छ, जसलाई किभले अस्वीकार गरेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ४६ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित