कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र | Khabarhub Khabarhub

कैदीबन्दी, सुरक्षाकर्मी र कर्मचारीलाई अस्थायी मतदान केन्द्र


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– कारागारका कैदीबन्दी र चुनावमा नखटिने सुरक्षाकर्मी तथा निजामती कर्मचारीका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र तोकिएको छ । कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले बताए । चुनावमा नखट्ने कर्मचारी, सुरक्षाकर्मीलगायतले जिससमा रहने अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने उनको भनाइ छ ।

‘चुनावमा खटिनुभएका कर्मचारी, सुरक्षाकर्मीले सम्बन्धित मतदान केन्द्रबाटै मतदान गर्छन् भने बाँकीले सदरमुकाममा तोकिएको अस्थायी मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ’, जिल्ला निर्वाचन अधिकारी रिजालले भने। उनका अनुसार त्यसरी मतदान गर्नेले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मात्र मत दिन पाउनेछन् । अस्थायी मतदान केन्द्रमा तीनजना कर्मचारी खटिनेछन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने दुई सय ३१ रहेको छ । मतदानस्थल एक सय छवटा छन् ।

मतदानको दिन आउन १५ दिन बाँकी रहँदा राजनीतिक दलदेखि निर्वाचन आयोग र सम्बद्ध निकाय चुनावको तयारीमा जुटेका छन् । दल र उम्मेदवार मतदाता रिझाउन तल्लीन छन् । सुरक्षा योजनालगायत चुनावको व्यवस्थापकीय तयारीका कामलाई पनि तीव्र पारिएको छ । मतदान र त्यसपूर्व चाहिने सबै निर्वाचन सामग्री जिल्लामा आइपुगेको निर्वाचन कार्यालयले जनाएको छ ।

कर्मचारी, सुरक्षाकर्मीको खटनपटन, तालिमलगायतका काम भइरहेको छ । मतदाता शिक्षाका लागि वडास्तरमा स्वयम्सेविका खटिएका छन् । सबै मतदान केन्द्रमा गरी १८ सय ५७ जना कर्मचारी र नौ सय ३० स्वयम्‌सेवक खटिनेछन् । एउटा मतदान केन्द्रमा आठजना कर्मचारी परिचालन गरिनेछ । 

संघतर्फ दुई निर्वाचन क्षेत्र रहको यस जिल्लामा कुल एक लाख ९२ हजार दुई सय २६ मतदाता छन् । १ नं क्षेत्रमा ९६ हजार ६ सय ६५ र २ नं मा ९५ हजार पाँच सय ६१ मतदाता छन् । प्रदेशतर्फ १ को ९१० मा ५० हजार पाँच सय ८० र ९२० मा ४६ हजार ८६ मतदाता रहेका छन् । २ ९१० मा ५४ हजार तीन सय ३४ र २ ९२० मा ४१ हजार दुई सय २७ मतदाता छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि दलका केन्द्रीयस्तरका नेतासहित जिल्लाका ३१ उम्मेदवार चुनावी मैदानमा छन् । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ३३ बजे

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई

भवानीशङ्करको वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार

पाल्हीनन्दन – पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई