कोभिडपछि सुध्रिए : बलिउड अभिनेता शाहरुख « Khabarhub

कोभिडपछि सुध्रिए : बलिउड अभिनेता शाहरुख


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

मुम्बई–  बलिउड अभिनेता शाहरुख खान फिल्म ‘पठान’मार्फत चार वर्षपछि कमव्याक गर्दैछन् । हालै उनले ५७ औं जन्मदिन पनि मनाए । उनले अहिले ट्विटरमा फ्यानमाँझ ‘आस्कएसआरके’ सेसन सुरु गरेका छन् । जहाँ उनले फ्यानसँग फिल्मी करियरदेखि निजी जीवनका कुरा समेत गर्दछन् ।

हालै उनले फ्यानसँग लक डाउनको अनुभवदेखि लिएर फिल्मको पर्दामा कमव्याक गर्न लागेको विषयमा खुलेर कुराकानी गरे । उनलाई एक फ्यानले महामारीपछि के कुरामा परिवर्तन आयो भनी सोधेका थिए । ‘मलाई लाग्छ कि मेरो हरेक कुरा छिटो गर्ने बानीमा सुधार आएको छ । म पहिला हरेक फिल्ममा अभिनय गर्न सहमत हुन्थें । तर, अहिले कुनै पनि फिल्ममा हस्ताक्षर गर्नुअघि निकै विचार गरेर निष्कर्षमा पुग्छु,’ उनले भनेका छन् ।

उनलाई अर्का फ्यानले फिल्ममा कमव्याक गर्न लाग्दाको अनुभव बारे सोधेका छन् । जवाफमा शाहरुखले ‘यो अनुभव घर फर्किएजस्तै रहेको’ बताए । शाहरुख सन् २०१८ मा फिल्म ‘जिरो’मा देखिएका थिए । यो फिल्म फ्लप भएको थियो । यसबाहेक उनी ‘बम्हास्त्र’, ‘लाल सिंह चड्ढा’‘रकेट्री’मा केमियो भूमिकामा देखिएका थिए । उनको प्रतीक्षित फिल्ममा ‘पठान’ बाहेक ‘जवान’ र ‘डंकी’ पनि हो । 

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ४ : १३ बजे

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा

अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्‍यो १० बुँदे प्रस्ताव

काठमाडौँ – अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा औपचारिक वार्ता

बजार अनुगमनमा तीन फर्मलाई जरिवाना

काठमाडौँ– नियमित रुपमा बजारको अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

यशस्वीको विस्फोटक ब्याटिङमा : राजस्थानले मुम्बईलाई २७ रनले हरायो

काठमाडौँ – ओपनर यशस्वी जैसवालको विष्फोटक ब्याटिङको मद्दतले राजस्थान रोयल्सले