अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता « Khabarhub

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार र युक्रेनी राष्ट्रपतिबीच भेटवार्ता


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा भेटवार्ता गरेका छन् । जारी रुसी आक्रमणबीच अमेरिकाले ४०० मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता प्याकेजको घोषणा गरेको छ ।

‘राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यर्माक, रक्षामन्त्री रेज्निकोभ र अन्य नेताहरूसँग किभमा भेटवार्ता गरेको र युक्रेन र त्यहाँका जनतालाई संयुक्त राज्य अमेरिकाको दृढ समर्थन रहेकोमा पुनः जोड दिइएको छ’ राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले एक प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले सुलिभानले थप ४०० मिलियन अमेरिकी डलरको सुरक्षा सहायता प्याकेज घोषणा गरेको र त्यस सहायता प्याकेजमा नवीकरण गरिएको टी–७२ ट्याङ्कहरू, मानवरहित हवाई वाहनहरू र विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेको समेत जानकारी दिएका छन् ।

अमेरिकी सुरक्षा सल्लाहकारले पनि उनीहरूले आर्थिक र मानवीय सहायता जारी राख्ने र रुसलाई आक्रमणका लागि जवाफदेही बनाउन साझेदारहरूसँग जारी प्रयास जारी राख्ने बताएका छन् ।

यसअघि अमेरिकाले रुस–युक्रेन युद्धको बीचमा क्यालिफोर्नियाको टेट्रा टेक इन्कलाई ४७.६ मिलियन अमेरिकी डलर दिएर युक्रेनमा धरापसम्बन्धी तालिम परियोजना शुरु गरेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ६ : २८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको