‘कांग्रेसले ढङ्गका साथ काम गर्न नसके जनताले साथ छोड्नेछन्’ « Khabarhub

‘कांग्रेसले ढङ्गका साथ काम गर्न नसके जनताले साथ छोड्नेछन्’


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस नेतृत्वको सरकार बनेपछि ढङ्गका साथ काम गर्न नसके जनताले साथ छाड्ने बताएका छन् ।

कांग्रेस सोलुखुम्बु काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने र कांग्रेस नेतृत्वको सरकारले काम गर्न नसके जनताले साथ छाड्ने बताएका हुन् ।

उनले निर्वाचन अघि कांग्रेसले जनतामाझ गरेका प्रतिवद्धताहरू सरकारमा पुगेपछि पुरा गर्नुपर्ने धारणा राखे । यसपटक जनताले आफूहरुलाई अन्तिम मौका दिने भन्दै उनले अन्तिम मौकाको सही तवरले सदुपयोग गर्नुपर्ने जिकिर गरे । थापाले बहुमतले गैरजिम्मेवार बनाउने अवस्था आउन नदिन सबै सजग हुनुपर्ने बताए ।

थापाले निर्वाचनको केही समयपछि परिणाम देखिने गरि काम गर्न नसके दुर्घटना हुने र यसको डर गठबन्धनका सबै नेताहरूलाई हुनुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : २३ बजे

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पछिल्ला दुई महिनामा २७७ वटा सर्पदंशका घटना