निर्वाचनलाई उत्सवका रुपमा लिऔँ : मन्त्री कार्की « Khabarhub

निर्वाचनलाई उत्सवका रुपमा लिऔँ : मन्त्री कार्की


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन प्रतिस्पर्धात्मक भए पनि यसलाई उत्सवका रूपमा लिनुपर्ने बताएका छन् । सुनसरीको भोक्राहा गाउँपालिका-१ स्थित वाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार-प्रसार कार्यालयको  उद्घाटन कार्यक्रममा उनले भने, ‘जहिले पनि जनताको चाहना र आवश्यकतालाई शिरोधार्य गरेर काम गरिरहेको छु । सामाजिक एकतालाई धमिल्याउने र विखण्डता ल्याउने विचार पोख्ने नेता तथा दलसँग सावधान रहनुपर्छ ।’

सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवारसमेत रहेका मन्त्री कार्कीले भूमिहीनहरूको आवाजलाई मुखरित गर्न र लोकतन्त्रका लागि आफूले जेल जीवन बिताएको प्रसङ्ग उल्लेख गरे। उनले भने, ‘राजनीति मेरा लागि व्यवसाय र पेशा होइन, सेवा हो ।’ मन्त्री कार्कीले खोक्रो र झुट्टा आश्वासनले राजनीतिक संस्कार नबस्ने भन्दै आफूले गर्न सक्ने कुरा मात्र बोलेको स्पष्ट पारे । आफ्नो निर्वाचन क्षेत्रमा आइटीसँग जोड्ने गरी स्मार्ट विद्यालय सञ्चालनमा ल्याउने उनको प्रतिबद्धता छ । 

निर्वाचन क्षेत्र नं ४ ९२० का उम्मेदवार हाजी डा इस्राइल मन्सुरीले समाज र राष्ट्रको मुहार फेर्न गठबन्धन दलका उम्मेदवार जित्नुपर्ने भने। उनले जनताले कसैको बहकावमा नलागी सच्चा र इमान्दार उम्मेदवारलाई जिताउन सकेमा मात्र यस क्षेत्रको सोचेअनुसारको विकास हुने दाबी गरे।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ७ : २९ बजे

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा