सुरक्षा कारवाहीमा चार आईएस लडाकु मारिएको तालिबानको दाबी « Khabarhub

सुरक्षा कारवाहीमा चार आईएस लडाकु मारिएको तालिबानको दाबी


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले मुलुकको टखार प्रान्तमा दुई कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको दाबी गरेको छ ।

तालिबानद्वारा सञ्चालित बख्तर समाचार संस्थाका अनुसार तालिबानको गरेको कारवाहीमा परी टखार प्रान्तको दस्ती काला जिल्लामा आईएस लडाकु मारिएका हुन् ।

तालिबानको २१७ ओमरी आर्मी कोरका कमाण्डर करी अनिमुल्लाह तायबले बख्तरलाई बताएअनुसार सुरक्षाकर्मीले आईएसका लडाकु लुकेर बसेको स्थान पत्ता लगाएका थिए ।

पछि सो स्थानमा विषेश कारवाही गरिएको बताइएको छ । कारवाहीका क्रममा आईएसका दुई जना कमाण्डरसहित चार जना आईएस लडाकु मारिएको करी अनिमुल्लाहलाई उद्धृत गर्दै बख्तरले जनाएको छ ।

यद्यपि आईएस लडाकु मारिएकोबारे तालिबानी दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी रहेको अफगानिस्तानको खामाप्रेसले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  १ : ५७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज