हलेसीमा निःशुल्क आँखा जाँच शिविर सुरु, वृद्धवृद्धाको भीड « Khabarhub

हलेसीमा निःशुल्क आँखा जाँच शिविर सुरु, वृद्धवृद्धाको भीड


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीमा तीन दिने निःशुल्क आँखा जाँच शिविर सुरु गरिएको छ । आँखा सम्वन्धी समस्याबाट ग्रसित बिरामीलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा तथा कान उपचार केन्द्र, सहयोग समितिको संयुक्त आयोजनामा शनिबारदेखि निःशुल्क आँखा शल्यचिकित्सा शिबिर सुरु गरिएको हो ।

सगरमाथा चौधरी आँखा अस्पताल लाहानको प्राविधिक सहयोगमा आयोजना गरिएको शिबिर हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई र उपमेयर रमेश राउतले उद्घाटन गरेका हुन् ।

मोतिविन्दु भएका, आँखामा मासु पलाएका, मासुको डल्लो पलाएको, परेलाभित्र पसेको लगायतका समस्या झेलिरहेका सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको हो । शिबिरमा आँखा जाँचदेखि मोतिविन्दु भएका विरामीको पहिचान गर्दै शल्यक्रीया गर्ने र निःशुल्क औषधि वितरणको व्यवस्था मिलाइएको आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

शिविरको पहिलो दिन एक वालक सहित १७ जनाको मोतिविन्दुको शल्यक्रीया गरिएको छ । पाँच जनाको आँखामा पलाएको मासुलाई शल्यक्रीया गरेर हटाइएको छ । पहिलो दिन २७८ जनाले आँखा जाँच गर्नुका साथै औषधि र चश्मा लिएका छन् । चश्मा भने सुपथ मूल्यमा उपलव्ध गराउने व्यवस्था मिलाइएको नेपाल नेत्र ज्योती संघका अध्यक्ष इन्द्र कसजूले बताए ।

पहिलो चरणको कोभिड–१९ को महामारीअघि सञ्चालन गरिएको घरदैलो अभियानबाट पहिचान गरिएका १८ जना, वर्षदिनको अवधिमा दैनिक ओपिडि सेवाबाट पहिचान भएका १९ जना, बिश्व दृष्टि दिवसको अवसरमा गत असोजमा हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा आयोजना गरिएको आँखा उपचार शिबिरबाट पहिचान भएका ११ जना र केही समयअघि हलेसीमा आयोजना गरिएको ज्येष्ठ नागरिक आँखा जाँच तथा चश्मा वितरण शिबिरबाट पहिचान भएका १६ जनाको मोतिविन्दुको पनि शल्यक्रीया गरिने छ । यस बाहेक जारी शिबिरमा आएकामध्ये मोतिबिन्दु भएका बिरामीको पनि शल्यक्रीया गरिने प्रमुख श्रेष्ठले बताए ।

निःशुल्क आँखा जाँच शिबिरका लागि सगरमाथा चौधरी आँखा अस्पताल लाहानबाट १४ जना शल्यक्रिया टोली आएका छन् । आँखाको उपचारका लागि छिमेकी पालिकाबाट समेत बिरामी हलेसी पुगेका छन् । सेवा लिन आउनेमा अधिकांश लठ्ठी टेक्ने वृद्धवृद्धा देखिएका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : १६ बजे

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा