भष्मेश्वर घाटबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन « Khabarhub

भष्मेश्वर घाटबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन


१९ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पशुपति क्षेत्रको भष्मेश्वर घाट क्षेत्रबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको चार सय ९५औँ हप्ताका अवसरमा पशुपति क्षेत्रमा शुक्रबार हरिबोधिनी एकादशीमा भक्तजनले चढाएको फूलपाती प्रसाद टपरी आदि सफाइ गरिएको थियो । भष्मेश्वर घाटबाट निस्केको कुहिने फोहरलाई खाल्डो खनी वाग्मती किनारमा पुरिएको सफाइ अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए।

नकुहिने फोहर दुई टन काठमाडौँ महानगरपालिका वातावरण विभागको ट्रकमा राखी व्यवस्थापन गरिएको थियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, पूर्व मुख्यसचिव एवं प्रमुख सफाइ अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती समितिका आयोजना प्रमुख सुवास बस्नेत, वाग्मती सफाइ अभियानका सूत्रधारद्वय अभियानकर्मी डा राजु अधिकारी र नारायणकुमार श्रेष्ठ, वाग्मती अभियाकर्मीहरू डा माला खरेल, गोविन्द काफ्ले, प्रिया लामिछाने, प्रमिला पौडेल, दुर्गा रावललगायतको सक्रियता थियो ।

सफाइमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी, तिलगङ्गा महिला समूह, आलोक नगर समुदाय, वाग्मती फोहर उन्मूलन उपभोक्ता संस्था, स्थानीयवासी एवं पशुपति दर्शन गर्न आउने भक्तजनको पनि सफाइमा सक्रियता थियो ।

राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ । सफाइमा अभियानकर्मीसहित स्थानीयवासी र जनप्रतिनिधिको पनि सहभागिता जुट्ने गरेको छ ।

जाडो, गर्मी, वर्षा, चाडपर्वलगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी, सांस्कृतिक सम्पदास्थल, चक्रपथलगायत स्थानमा पनि सफाइ अभियान सुरु भएको छ । हाल राजधानीमा २५ भन्दा बढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

यसैगरी काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल राजधानी बाहिर एक सय नौभन्दा बढी स्थानमा सफाइ भइरहेकोे अभियानकर्मीले जनाएका छन् । वाग्मती सफाइ महाअभियान देशव्यापी जागरण फैलाउन सफल भएको छ ।

यसैगरी आज गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ । ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको जनाइएको छ । सफाइ अभियान जारी रहे पनि दिगो हुन नसकेकमा भने चिन्ता व्यक्त हुन थालेको छ । स्थानीय सरकारको बेवास्ताले अभियानले गरेको सफाइ दिगो हुन नसकेको अभियानकर्मीको गुनासो छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७९, शनिबार  ९ : ३३ बजे

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा

बीपी र गणेशमानका छोरा नअट्ने कांग्रेस हुन सक्दैन : राठोर

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेका किशोरसिंह

एकसय १२ रोपनी जग्गा सरकारको नाममा दाखिला

काठमाडौं– काठमाडौं महानगरपालिका–४ को ११२ रोपनी जग्गा नेपाल सरकारको नाममा

नेपाल राष्ट्र बैंकद्वारा उपचार, आयात र सेवा क्षेत्रको सटही सुविधा वृद्धि

काठमाडौं– नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र-२०८२

नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु

एजेन्सी– नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले सोमबार देशको दक्षिणपश्चिमी ओन्डो राज्यमा