'चिसोमा दम भएका बिरामीले धेरै ख्याल गर्नुपर्छ' | Khabarhub Khabarhub

‘चिसोमा दम भएका बिरामीले धेरै ख्याल गर्नुपर्छ’

अहिले धुम्रपान नगर्ने व्यक्तिमा पनि दम देखिएको छ


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चिसो बढेसँगै धेरै खालका समस्या देखा पर्दछन्। त्यसैमध्ये दम वा सिओपीडी दमलाई पनि चिसो मौसममा हुने भनेर बुझिन्छ। चुरोट, दाउराको धुवा, व्यावसायिक उत्पादनको धुलो (मार्बल, सिमेन्टको धुलो) रसायन केमिकलको धुलो इत्यादिद्वारा फोक्सोमा हुने स्थायी समस्यालाई (सिओपीडी) दम भनिन्छ। खोकी लाग्नु, खकार तीन महिना लगातार दुई वर्ष आउनु, साधारण चहलपहलमा पनि सास फुल्नु स्वास्वा हुनु, सास फेर्दा छाती दुख्नु (सिओपीडी) दमका लक्षण मानिन्छन्। दम र (सिओपीडी) दममा के फरक छ त एउटै हो वा फरक छ त ? कसरी देखिन्छ र कस्तो व्यक्तिमा देखिन्छ त ? यसै विषयमा आधारित भएर श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ डा. अशेष ढुङ्गानासँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

धेरै जनाले दम चिसोमा हुने भनेर चिन्नु हुन्छ, के यो चिसोमा नै हुने हो ?
सामान्यतया दम भनेको विभिन्न रोगको लक्षण हो। नेपालमा दम भनेको विशेषगरी (सिओपीडी) दम हो। यो धूम्रपान,धुवा र धुलोको कारणले हुन्छ। सामान्यतया दम चिसोमा धेरै हुने हुन्छ। जाडोमा दम हुनै हैन तर दम भएको मानिसमा चिसोले बढी असर गर्ने हुन्छ।

सामान्य दम र सिओपीडी दममा के फरक छ ?
सिओपीडी दम भनेको एउटा दमको प्रकार हो। अन्य दमका प्रकारहरू पनि छन् जस्तोः आस्मा भन्ने एउटा दम हुन्छ त्यो साना बालबालिका महिला र साना उमेरका मानिसलाई पनि हुन सक्छ। दमको लक्षण फोक्सो सम्बन्धी अन्य रोगमा पनि हुनसक्छ। विशेष गरेर (ब्रोंकाइटी) भन्ने हुन्छ जुन छातीमा दाग हुने समस्या हुन्छ वा कहिले काँही मुटुको समस्या र रक्त अल्पताको कारणले हुनसक्छ।

सिओपीडी दम कस्तो मान्छेमा हुने हो ?
यो धेरै धुवाको संसर्गमा बस्ने मान्छेमा हुने भएकोले यो ५० कटेका मान्छेमा हुने हो। हाम्रो गाउँघरको घरभित्र आगो बाल्ने ठाउँमा भएका महिला र बालबालिकामा धेरै देखिएको छ र धुवा उत्पन्न हुने कलकारखाना लगायतका ठाउँमा काम गर्नेहरूमा पनि यो समस्या देखिएको छ।

धेरै जनाले धूम्रपान सेवन गर्नेमा देखिन्छ भन्नु हुन्छ यसमा कत्तिको सत्यता छ ?
सिओपीडी दमको मुख्य कारण भनेको धूम्रपान नै हो। ६० प्रतिशत धूम्रपान सेवन गर्नेमा सिओपीडी दम रहेको छ भने बाँकी ४० प्रतिशतमा अरू कारणले हुने गरेको छ।

पछिल्लो समय तपाईंको अनुभवमा धूम्रपान सेवन गर्नेमा सिओपीडी दमको अवस्था कस्तो छ ?
नेपालमा सिओपीडी दमका बिरामीहरू धेरै छन् किनभने नेपालमा धेरै मानिस धूम्रपान गर्ने गर्छन् र धेरै नेपालका भूभागमा दाउरा बाल्ने चलन छ। राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले केही समय अगाडि निकालेको डेटालाई हेर्दा प्रत्येक १० जनामा १ जनालाई सिओपीडी दम रहेको छ। धेरै जसो बिरामी मैले हेर्दा पनि सिओपीडी दमका बिरामी नै छन्।

पहिलाको सिओपीडी दम उमेर बढ्दै जाँदा हुन्थ्यो तर यो अहिले सानै उमेरमा किन भएको छ ?
पहिला धूम्रपान गरेका मान्छेहरूमा धेरै थियो तर अहिले धूम्रपान नगर्ने व्यक्तिमा पनि अन्य कारणले भएको छ। एउटा त हाम्रो सहरमा भएको वायु प्रदूषणको कारणले पनि हो।

बन्द कोठामा बसेर कोइला गुन्ठा बाल्दा के असर गर्दछ ?
कतिपयको त निसासिएर मृत्यु हुनसक्छ र लामो समय धुवामा बसेको मान्छेमा दम मात्र नभए विभिन्न खालका रोगहरू जस्तो मुटु र छाती सम्बन्धी रोगहरू लाग्न सक्छन् र गर्भवती महिलाहरूमा पनि र गर्भमा रहेको बच्चामा धेरै असर गर्दछ। त्यसैले राम्रो हिटरको प्रयोग गर्नुपर्छ।

राम्रो खालको हिटर कुन हो भनेर कसरी थाहा पाउने ?
हिटर दुई प्रकारका हुन्छन्। एउटा चाहिँ लजेर कार्बन्डाइअक्साइड उत्पन्न गर्ने हुन्छन् जस्तोः कोइला मकल बाल्ने हुन्छ र अर्को इलेकट्रोनिक भेन्टिलेटरहरू प्रयोग गर्दा कोठाको हावा आवतजावत गर्ने तरीकाले प्रयोग गर्नु पर्दछ।

सिओपीडी दम हुँदा कस्तो अवस्थामा घरमा नै बस्ने र कस्तोमा अस्पताल जानु पर्दछ ?
सामान्य कामहरू गर्दा स्वा स्वा हुने,लामो समय खोकी भएको, छाती दुखेको छ भने यो सिओपीडी दमका लक्षणहरू हुन्। त्यस्तो हुँदा डाक्टरको सल्लाह अनुसार तान्ने इन्हेलर भन्ने औषधि लिनुपर्छ। एक पटक सिओपीडी दम भयो भने त्यो व्यक्तिले जीवन भर नै इन्हेलर औषधि तान्नु पर्ने हुन्छ।

यो इन्हेर औषधि सबै ठाउँमा पाइन्छ वा सबैको पहुँचमा छ ?
सहर तिर त यो औषधिको अभाव छैन। तर गाउँघरमा छैन। गाउँका धेरै मान्छेले यो औषधि खान सक्दैनन् यो महँगो पनि छ। यसको पहुँच पहिले भन्दा सुधार भएको छ तर भनेको जस्तो छैन।

यो औषधि सबै ठाउँमा पु¥याउन सरकारी पक्षले के गर्नु पर्ला ?
यो औषधि अरू भन्दा अलिक महंगो छ त्यसमा सरकारले स्वास्थ्य कार्यक्रमहरुमा यो सिओपीडीहरु पनि राख्नु पर्दछ। जसरी सरकारले गाँउगाँउमा कार्यक्रम गराएर सिटामोलहरू जीवनजलहरू फ्री गराएको छ त्यसरी नै यो औषधिलाई पनि राख्नु पर्दछ।

यो इन्हेलर एक पटक सेवन गरेपछि जीवनभर नै सेवन गर्नु पर्ने हो ?
सिओपीडी भनेको एउटा दीर्घकालीन समस्या हो। त्यसैले बिरामीहरूले यो जीवनभर नै खानु पर्दछ। यो औषधि एउटा त अत्यन्तै सानो र यसले साइड इफेक्ट पनि गर्दैन। यदि सिओपीडी नै हो भने जीवन भर नै खानु पर्दछ तर अन्न दम हो भने केही समय खाएर रोक्दा हुन्छ तर डाक्टरको सल्लाहमा मात्र।

सुरुमा खान वा लिन एउटा डोजको कति पर्दछ ?
सामान्यतया एउटा क्याप्सुलको महिनाको ५ देखि ६ सय पर्नसक्छ कसैलाई दुई प्रकारका इन्हेलर पनि दिनुपर्ने हुन्छ यसको आधारमा यसको मूल्य बढ्न सक्छ। अहिले कसैलाई त स्वास्थ्य बीमाले पनि सहयोग गरेको छ।

यस्तो समस्या नआओस् भनेर हामीले केके कुरामा ध्यान दिने ?
हामीले धुवाबाट बच्नु पर्यो, बाहिर जाँदा मास्कहरुको प्रयोग गर्ने, नियमित व्यायाम गर्ने,स्वस्थ खाना खाने। साधारण कपडाका मास्कले पनि धुलो भित्र जान पाउँदैनन्। मेडिकल मास्कको प्रयोग गर्दा पनि हुन्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ७ : २६ बजे

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुन बरामद

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक भारतीय महिलाको करिब ८५०

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस