दल र गठबन्धनभित्रको अन्तर्घातबारे छानबिन गर्न माग « Khabarhub

दल र गठबन्धनभित्रको अन्तर्घातबारे छानबिन गर्न माग


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आमनिर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात–अन्तर्घातको छानबिन गर्न माग गरेका छन्।

राजनीतिक संवाद समूहले काठमाडौँको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा नेता महरले दल र गठबन्धनभित्र भएको अन्तर्घातको गहन समीक्षा हुन आवश्यक रहेको बताए। उनले सरकार निर्माणसँगै सत्ता साझेदारी र भावी सरकारको पाँच वर्षे स्पष्ट कार्ययोजना बनाउनका लागि कांग्रेस केन्द्रीय समिति बैठक चाँडो बोलाउनुपर्ने धारणा राखेका हुन्।

‘दलीय गठबन्धनको बैठकले केही निर्णय गर्नु अगाडि पार्टीको बैठकबाटसमेत धारणा बनाएर गठबन्धनको बैठकमा लैजानुपर्छ। नेपाली कांग्रसको जीवनमा लोकतान्त्रिक-बाम गठबन्धन नयाँ अभ्यास हो। यस्तो अवस्थामा कांग्रेसप्रति जनताको ठूलो अपेक्षा छ। ती अपेक्षालाई कसरी पूरा गर्ने भन्नेमा कांग्रेस सजग हुन जरुरी छ’,नेता महरले भने।

सुशासन कायम गरेर मुलुकमा कसरी भ्रष्टाचार न्यूनीकरण गर्न सकिन्छ भन्ने खाका प्रस्ट पार्दै कांग्रेस नयाँ सरकार निर्माणको छलफल र तयारीमा जुट्नुपर्ने महरले बताएका छन्। ‘जनताको आजको चाहना भ्रष्टाचारमुक्त मुलुक हो। कानुनको सफल कार्यान्वयन तथा स्थिर सरकार जनताले चाहिरहेका छन्। त्यो कांग्रेसको नेतृत्वबाट मात्रै सम्भव छ। त्यसैले हामीले केन्द्रीय समिति बैठक बोलाएर चाँडो हाम्रो रोडम्याप तयार गर्नुपर्छ’ उनले भने।

शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात, विद्युत्, सञ्चार र कृषि जस्ता सेवा प्रवाहका मूल विषय कांग्रेसले आगामी दिनमा कसरी अगाडि बढाउँछ भन्नेमा जनतालाई प्रस्ट पारेर सोही अनुरूप अहिलेकै गठबन्धन आबद्ध दलको नेतृत्वमा सरकार बनेर कार्यान्वयनको दिशामा अघि बढ्नुपर्ने महरले औंल्याए।

विशेष गरी युवा जमातमा आएको परिवर्तनको भोक र बेरोजगारीको समस्या, देश तथा विदेशमा रहेका नेपालीको इच्छा र आकांक्षा कसरी सम्बोधन गर्न सकिन्छ भन्नेमा कांग्रेसको प्रस्ट खाका हुनुपर्ने महरको जोड छ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  १० : २१ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।