जसपा अब कता लाग्छ ? | Khabarhub Khabarhub

जसपा अब कता लाग्छ ?


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम निर्वाचनको मुखैमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ भन्ने धेरैको चासोको विषय बनेको हो ।

उनले निर्वाचनपछि आफ्नो पार्टी नयाँ ढंगले अघि बढ्ने बताएका छन् । ‘एमालेसँग तत्काल केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,’ उनले भनेका थिए, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आआफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’

अध्यक्ष यादवको पछिल्लो अभिव्यक्तिसँगै जसपाको आगामी बाटो कता भन्ने प्रश्न तेर्सिएको छ । जसपा अब सत्ता गठबन्धनमा फेरि सामेल हुन लागेको हो भन्ने प्रश्नमा जसपा प्रवक्ता मनिष सुमनले सबैतिर सम्भावनाको ढोका खुला रहेको बताए । एमालेसँग चुनावी तालमेल सकिए पनि सरकारमा सहभागी हुनेबारे एमाले वा कांग्रेस जोसँग पनि मुद्दाका आधारमा सहकार्य गर्न सकिने प्रवक्ता सुमनको भनाइ छ ।

उनले भने, ‘एमालेसँग मात्र चुनावी तालमेल थियो, त्यो टुंगियो । सरकारमा सहभागी हुनेबारे जसले नागरिकता विधेयक लगायतमा हामीले उठाइरहेका मुद्दालाई पूरा गर्ने सहमति गर्छन्, जोसँग पनि सहकार्यको बाटो खुला छ । त्यो एमाले पनि हुन सक्छ वा कांग्रेस पनि ।’

यद्यपि, यस पटक जनताले पार्टीले प्रतिपक्षमा बस्नुपर्ने खालको अभिमत दिएकाले सरकार बाहिर बस्न पनि तयार रहेको उनले उल्लेख गरे । प्रतिनिधिसभातर्फ जसपाले यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ सात सिटमा जित हासिल गरेको छ भने समानुपातिकतर्फ ४ लाख २० हजार ९४६ मत ल्याएको छ ।

धेरै सिट पाउन एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादव भने सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) सँग भारी मतान्तरले पराजित भए । तालमेल गर्दा पनि सर्मनाक हार व्यहारेपछि अध्यक्ष यादव एमालेसँग नाता तोड्न लागेको कतिपयको आँकलन छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  २ : १४ बजे

मापदण्डविपरीत पशुचौपाया ढुवानी गरिँदै

बाँके – मापदण्डविपरीत पशु ढुवानी गरिँदा पशु तथा चौपायाले दुःख

इन्द्रपुर नमुना विद्यालयलाई ‘आइएसओ सर्टिफिकेट’

सुन्दरहरैचा – मोरङको सुन्दरहरैचा १२ मा रहेको इन्द्रपुर नमुना माध्यमिक

बागमतीको मुहानस्थल बाग्द्वारमा सफाइ

काठमाडौं – बागमती सफाइ महाअभियान सुरू भएको १२ वर्षपछि नदीको

कांग्रेस सत्ताको पछि लाग्दैन : पूर्णबहादुर खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको

 कोशीको बजेट ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण केन्द्रीत

विराटनगर ।  ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माण गर्ने अठोटसहित