यसवर्ष कञ्चनपुरमा धान उत्पादनमा वृद्धि « Khabarhub

यसवर्ष कञ्चनपुरमा धान उत्पादनमा वृद्धि


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार गत वर्षको तुलनामा यसवर्ष धानको उत्पादकत्व १ दशमलव ३७ प्रतिशतले बढेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी हरिदत्त जोशीका अनुसार यसवर्ष कञ्चनपुरमा धान उत्पादन प्रति हेक्टर ३ दशमलव ९२ रहेको छ ।

“गतवर्ष बेमौसमी वर्षाका कारण किसानको धान उत्पादनमा क्षति पुगेको थियो”, उनले भने, “तर यसवर्ष धानको उन्नत जातका बीउको प्रयोग र नियमित वर्षाका कारण धान उत्पादन बढेको हो ।”

उनका अनुसार यसवर्ष कञ्चनपुरमा एक लाख ९० हजार एक सय चार मेट्रिन टन धान उत्पादन भएको छ । गतवर्ष कञ्चनपुरमा धानको उत्पादन २ दशमलव ५५ मेट्रिक टन प्रतिहेक्टर थियो । जिल्लामा ४८ हजार छ सय हेक्टरमा धानखेती हुन्छ ।

सूचना अधिकारी जोशीका अनुसार यहाँ उत्पादन हुने ८६ हजार मेट्रिक टन धान बचत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

“कञ्चनपुर धान, गहुँ र मकैमा आत्मनिर्भर बनेको छ”, उनले भने । किसानले समयमै रासायनिक मल पाउन सके धान उत्पादन अझै बढ्न सक्ने किसानहरु बताउँछन् ।

भीमदत्तनगरपालिका–१५ का विष्णु जोशीले सरकारले समयमै मल उपलब्ध गराउन सके धान,गहुँको उत्पादकत्व बढ्ने बताए । “समयमै मल पाउन सकेको भए अझ राम्रो उत्पादन हुन्थ्यो हामीसँग उन्नत जातको बीउको पनि कमी छ”, उनले भने, “पर्याप्त सिचाँइको सुविधा भए यहाँको उत्पादनले सुदूरका पहाडी जिल्लामा समेत खाद्य आपूर्ति गर्न सकिन्छ ।”

तराईका दुई जिल्ला कञ्चनपुर र कैलालीलाई सुदूरको खाद्य भण्डारको रुपमा लिइन्छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  २ : ५६ बजे

आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद

कैलालीमा अध्यागमनको काम रोकिएपछि अर्को नाका प्रयोग गर्दै यात्रु

सुदूरपश्चिम– कैलालीको धनगढीस्थित अध्यागमन कार्यालयमा प्रक्रिया पुर्‍याएर आएका तेस्रो मुलुकका

कोठेगाउँमा बाँसका सामग्री बनाउनेको सङ्ख्या घट्दै

लेखनाथ– पोखरा महानगरपालिका–३२ को मालेपाटनस्थित कोठेगाँउमा बाँसका सामग्री बनाउने र बिक्री

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं–  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री

वनमन्त्री चौलागाईंद्वारा एनटिएनसीको संरक्षण प्रयासको प्रशंसा

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले राष्ट्रिय प्रकृति संरक्षण कोष