वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो « Khabarhub

वुहान प्रयोगशालाका अमेरिकी वैज्ञानिकको दाबी : कोभिड मानवनिर्मित भाइरस हो


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनको वुहानस्थित एउटा विवादास्पद अनुसन्धान प्रयोगशालामा काम गर्ने एक अमेरिकी वैज्ञानिकले कोभिड १९ एक ‘मानव निर्मित भाइरस’ भएको र उक्त भाइरस अनुन्धान केन्द्रबाट चुहावट भएको बताएका छन् ।

दुई वर्ष पहिले राज्यद्वारा सञ्चालित र वित्तीय अनुदान प्राप्त अनुसन्धान केन्द्र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी (डब्ल्यूआईभी) बाट भाइरस चुहावट भएको अमेरिकी अनुसन्धानकर्ता एन्ड्र्यु हफलाई उद्धृत गर्दै बेलायती अखबार द सनले जनाएको छ ।

महामारीविज्ञ हफले आफ्नो पछिल्लो पुस्तक ‘द ट्रुथ अबाउट वुहान’ मा अमेरिकी सरकारको आर्थिक सहयोगका कारण महामारी फैलिएको दाबी गरेका छन् । हफको पुस्तकका अंशहरू बेलायतको अखबार द सनमा बाहिर आएको छ ।

न्युयोर्क पोस्टको रिपोर्टअनुसार हफ संक्रामक रोगहरूको अध्ययन गर्ने न्युयोर्कस्थित गैर–नाफामुखी संस्था इकोहेल्थ एलायन्सका पूर्व उपाध्यक्ष हुन् ।

हफले पुस्तकमा दाबी गरेकाअनुसार चीनको ‘गेन–अफ–फङ्सन’ प्रयोगमा अपर्याप्त सावधानी अपनाइएको थियो । यही कारण वुहान प्रयोगशालाबाट भाइरस चुहावट भएको उनको दाबी छ । कोभिड १९ को उत्पत्तिलाई लिएर वुहान बहसको केन्द्र बनेको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : १० बजे

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा