दुर्घटनाका घाइतेको मृत्यु भएपछि आफन्तद्वारा प्रदर्शन « Khabarhub

दुर्घटनाका घाइतेको मृत्यु भएपछि आफन्तद्वारा प्रदर्शन


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंसिर १५ गते दुर्घटनामा परेर घाइते भएका मानिसको मृत्यु भएपछि बाराको जितपुर सिमरामा आफन्तले प्रदर्शन गरेका छन् । दुर्घटनामा परी घाइते भएका जितपुर सिमरामा उपमहानगरपालिका ५ का ३५ वर्षीय विजयी माझीको गत मंसिर १५ गते उपचारका क्रममा मृत्यु भएपछि आफन्तले आज सडक अवरोध गर्दै प्रदर्शन गरेका हुन् ।

न्युरो अस्पताल विरगजमा मंसिर १५ गते साझ करिब ५ बजेतिर उनको मृत्यु भएको हो । पथलैया निजगढ सडक खण्डमा दाउरा लिएर आउने क्रममा हाल सम्म पहिचान हुन नसकेको सेतो सवारी साधनले साइकलमा सवार माझीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते माझीलाई उपचारका लागि अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भए पनि रकम अभाव भएका कारण उनको शव अस्पतालमै रहेपछि स्थानीयले चन्दा संकलन गरेर करिब १ लाख ८० हजार अस्पतालमा भुक्तानी गरेर मंसिर १८ गते जिल्ला अस्पताल कलैयामा पोस्टमाटम गरि आज उनीहरुले शब सडकमा ल्याएर प्रदर्शन गरेका हुन् ।

पूर्व जनप्रतिनिधि वडा नम्बर ५ का वडा अध्यक्ष मोहित चौधरीका अनुसार मृतक माझीका ४ छोराछोरी छन् । दुर्घटना भएको ४ दिन सम्मपनी प्रहरीले फरार गाडी पक्राउ नगरेपछि बाध्य भएर शव सडकमै ल्याएर आन्दोलन गर्नुपरेको आफन्तको भनाइ छ ।

आक्रोसित भीडले सडकमा अवरोध गर्दा करिब १ हजार सवारी साधन सडकमा अलपत्र छन । उनीहरुले नाराबाजी र प्रदर्शन गरिरहेका छन् ।

आन्दोलनमा उत्रिएकाहरुले जितपुर चोक सडकखण्ड अवरुद्ध बनाएका छन् । सडकमा सवारीसाधनसमेत चल्न नदिई आन्दोलन भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ३ : ५५ बजे

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं– सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३

अन्तिम श्रद्धाञ्जलीपछि पत्रकार सिटौलालाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहसँग

रोहित शेट्टीको घरमा फायरिङ : बिश्नोई गिरोहको धम्की

काठमाडौं– बलिउडका चर्चित निर्देशक रोहित शेट्टीको मुम्बईस्थित जुहूको घर ‘शेट्टी

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै

त्रिवेणी– यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८००