खोटाङको माटोमा देखियो अधिक अम्लीयपन | Khabarhub Khabarhub

खोटाङको माटोमा देखियो अधिक अम्लीयपन


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको माटोमा अम्लीयपन अधिक देखिएको छ । नवौं विश्व माटो दिवसको अवसरमा सोमबार दिक्तेलमा आयोजित कार्यक्रममा कृषि ज्ञान केन्द्र खोटाङका कृषि प्रसार अधिकृत सञ्जय पण्डितले १७ र १८ मंसिरमा डिजिटल स्वाइल ल्यावबाट गरिएको परिक्षणका क्रममा माटोमा अम्लीय र क्षरीयपनको मात्रा अधिक देखिएको जानकारी दिएका हुन् । माटोको ३० वटा नमूना परीक्षण गर्दा १५ अम्लीय, १२ क्षारिय र ३ वटा तटस्थ नमूना पाइएको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८र०७९ मा किट बक्सबाट माटो परीक्षण गर्दा पनि नगरपालिकाको माटोमा अम्लीय र क्षारीयपनको मात्रा अधिक देखिएको जनाइएको छ । ५१ वटा नमूना परीक्षण गर्दा १३ अम्लीय र ३८ क्षारीयको नमूना फेला परेको हो । माटोमा तटस्थपनको मात्रा अधिक हुनुपर्नेमा तटस्थ नमूना भने नभेटिएको कृषि प्रसार अधिकृत पण्डितले कार्यपत्रमा उल्लेख गरेका छन् ।

विग्रदै गएको माटोको स्वास्थ्य सुधारका लागि प्रांगारिक पदार्थको व्यवस्थापन, बाली चक्रमा कोशेबालीको समावेश, मिश्रित बाली, अन्तर बाली र बहुबाली प्रणालीलाई अलवम्बन गर्ने, एकीकृत खाद्य तत्व व्यवस्थापन पद्धति अवलम्बन गर्नेमा ध्यान दिनुपर्ने माटो विज्ञहरुले सुझाव दिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, खोटाङका प्रमुख श्रीधर खनालले यही अवस्था रहे आगामी तीन सय वर्षसम्ममा विश्वको माटोमा मरुमूभीकरणको खतरा रहेको जानकारी दिए । प्रमुख खनालले प्रांगारिक श्रोत, बाली व्यवस्थापन, रासायनिक मल व्यवस्थापनलगायतमा ध्यान दिनसके माटोको व्यवस्थापन गर्न सकिने उल्लेख गरे । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि प्रसार अधिकृत तेजप्रकाश जैसीले ‘माटोको परिचय र माटोको महत्व’को विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । यस्तै, कृषिविज्ञ मदन राईले ‘मानव जातीको जननी बिरुवा र बिरुवाको जननी माटो’ भएको चर्चा गरेका थिए ।

खोटाङमा दिक्तेल कृषि ज्ञान केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र शुभद्रा मदन फाउण्डेसनको संयुक्त आयोजनामा विश्व माटो दिवस मनाइएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, कृषि ज्ञान केन्द्रका प्रमुख हरिनारायण राईले माटोको विषयमा चर्चा–परिचर्चा गरेका थिए ।

विद्यार्थीको ‘मुर्ती नाटक’ प्रदर्शन

कार्यक्रममा शुभद्रा मदन फाउण्डेसनका विद्यार्थीले नाटक प्रदर्शन गरेका छन् । फाउण्डेसनका विद्यार्थीले ‘मुर्ती नाटक’ प्रदर्शन गरेका छन् । मानवीय क्रियाकलापले माटोमा पर्ने अशरलाई नाटकमा चित्रण गरिएको थियो ।

कार्यक्रममा सभापति, प्रमुख अतिथि एवं अन्य अतिथिलाई आसनग्रहण गराउने परिपार्टी विपरित सबैलाई अतिथि भनेर आसनग्रहण गराइएको थियो । आयोजकले आसनग्रहणमा समय खर्च गरेनन् । सहभागीलाई टपरीमा किवी, सुन्तला, उसिनेको इस्कुस र जराको खाजा बाँडिएको थियो ।

 

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : ३८ बजे

‘विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टिम’ बनाऔं’

काठमाडौं–  एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई

१६५ खर्बको व्यापार बनाइएको योगको अन्तर्य

काठमाडौँ – इस्वी सम्वतको जुन २१ तारिक अर्थात् आज अन्तर्राष्ट्रिय

देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा

कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने

सुनसरी– धरानमा जारी कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति