कर्णालीमा विपद् व्यवस्थापन र प्रतिकार्यमा समस्या | Khabarhub Khabarhub

कर्णालीमा विपद् व्यवस्थापन र प्रतिकार्यमा समस्या


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् । विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भएता पनि समन्वयको अभावमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ ।

महिला कानून विकास मञ्चको आयोजना तथा युएनडिपी, युएनवुमनलगायतका विकास साझेदारहरूको सहयोगमा आज वीरेन्द्रनगरमा आयोजना गरिएको ‘विपद्मा लैङ्गिक सवाल’ विषयक कार्यक्रमका सहभागीहरूले यस्तो औँल्याएका छन् ।

कर्णालीको भौगोलिक कठिनाइ तथा यस्ता जोखिमयुक्त स्थानमा विपद्को सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारीको अभावमा उद्धारमा समस्या भएको उनीहरूको भनाइ छ । गएको असोज महिनालगायत वर्षाका कारण पहिरो गएको समयमा हेलिकप्टर नपुग्दा सुत्केरीको ज्यान गएको थियो ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयका विपद् फोकल पर्सन कृष्ण रोकायले जोखिमयुक्त बस्तीमा सम्भावित विपद्को सामना गर्ने पूर्वतयारीको अभाव रहेको औँल्याए । उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच आवश्यक समन्वय नहुँदा पनि काम गर्न समस्या देखिएको बताए । त्यसैगरी उद्धार राहत सामग्री भण्डारणको व्यवस्था विकेन्द्रित हुनुपर्ने रोकायको भनाइ छ । प्रदेश सरकारले २०७१ सालमा आएको बाढीका कारण विस्थापित एक हजार ४५ परिवारलाई राहत रकम प्रदान गरेको उनले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलाले विपद् व्यवस्थापनको काम गर्दा लैङ्गिकमैत्री भएर जान आवश्यक रहेको बताए । उनले महिला बालबालिकासँगै अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष जोड दिनुपर्ने बताए। विपद् व्यवस्थापनमा तीन तहका सरकारसँगै साझेदार निकायबीच समन्वय गरी एकीकृतरूपमा कार्यक्रम बनाएमा सहज हुने निरौलाको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदम लामिछानेले कमजोर वर्गहरू नै बढी विपद्को सामना गर्नुपर्ने भएकाले संवेदनशील भएर लाग्नुपर्ने बताए । विपद्मा सही सूचना नआउँदा प्रतिकार्यमा समस्या भएको भन्दै सरोकारवाला निकायहरू समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको औल्याए । विपद्को प्रतिकार्य गर्दा स्वास्थ्य, मनोसामाजिक परामर्श, कानूनी विषयसँगै न्यायको पाटोमा संवेदनशील दिएमा लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न सकिने लामिछानेले बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले विपद् व्यवस्थापन गर्दा लैङ्गिक संवेदनशीलतालाई ध्यान दिन जरुरी रहेको औँल्याए । उनले नगरपालिकाले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि लैङ्गिकमैत्री दृष्टिकोणबाट नीतिहरू निर्माण गरिएको बताए ।

युएनडिपीका डिल्ली उपाध्यायले विपद् व्यवस्थापनका लागि सहरी विपद् उत्थानशीललगायतका अन्य परियोजनाहरू सञ्चालन गरिएको बताए। उक्त परियोजनामार्फत विपद्का व्यवस्थापनसँगै प्रतिकार्यका कामहरु अघि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : २६ बजे

कोशी प्रदेशसभा बैठक बस्दै, संकल्प प्रस्ताव दर्ता गरिने

विराटनगर– कोशी प्रदेशमा राजनीतिक अन्योलताका बीच आज प्रदेश सभाको अधिवेशन

भारतको गुजरातमा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु

नयाँदिल्ली– भारतको गुजरातस्थित अहमदाबाद–वडोदरा एक्सप्रेस–वे मा भएको सवारी दुर्घटनामा १०

२९औँ वन्यजन्तु सप्ताहमा बूढीराप्ती सरसफाइ

चितवन– चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी

जलवायु परिवर्तनमा नेपालकाे योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको