कर्णालीमा विपद् व्यवस्थापन र प्रतिकार्यमा समस्या « Khabarhub

कर्णालीमा विपद् व्यवस्थापन र प्रतिकार्यमा समस्या


१९ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीमा विपद् व्यवस्थापनको कार्यमा सरकार र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय नहुँदा प्रतिकार्यमा समस्या भएको सरोकारवालाहरूले बताएका छन् । विपद् व्यस्थापनका लागि आवश्यक नीति तथा योजनाहरू निर्माण भएता पनि समन्वयको अभावमा कार्यान्वयन हुन नसकेको उनीहरूको भनाइ छ ।

महिला कानून विकास मञ्चको आयोजना तथा युएनडिपी, युएनवुमनलगायतका विकास साझेदारहरूको सहयोगमा आज वीरेन्द्रनगरमा आयोजना गरिएको ‘विपद्मा लैङ्गिक सवाल’ विषयक कार्यक्रमका सहभागीहरूले यस्तो औँल्याएका छन् ।

कर्णालीको भौगोलिक कठिनाइ तथा यस्ता जोखिमयुक्त स्थानमा विपद्को सामना कसरी गर्ने भन्ने विषयमा पूर्वतयारीको अभावमा उद्धारमा समस्या भएको उनीहरूको भनाइ छ । गएको असोज महिनालगायत वर्षाका कारण पहिरो गएको समयमा हेलिकप्टर नपुग्दा सुत्केरीको ज्यान गएको थियो ।

आन्तरिक मामिला तथा योजना मन्त्रालयका विपद् फोकल पर्सन कृष्ण रोकायले जोखिमयुक्त बस्तीमा सम्भावित विपद्को सामना गर्ने पूर्वतयारीको अभाव रहेको औँल्याए । उनले स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच आवश्यक समन्वय नहुँदा पनि काम गर्न समस्या देखिएको बताए । त्यसैगरी उद्धार राहत सामग्री भण्डारणको व्यवस्था विकेन्द्रित हुनुपर्ने रोकायको भनाइ छ । प्रदेश सरकारले २०७१ सालमा आएको बाढीका कारण विस्थापित एक हजार ४५ परिवारलाई राहत रकम प्रदान गरेको उनले जानकारी दिए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव अनिता निरौलाले विपद् व्यवस्थापनको काम गर्दा लैङ्गिकमैत्री भएर जान आवश्यक रहेको बताए । उनले महिला बालबालिकासँगै अपाङ्गता भएका व्यक्तिहरुलाई विशेष जोड दिनुपर्ने बताए। विपद् व्यवस्थापनमा तीन तहका सरकारसँगै साझेदार निकायबीच समन्वय गरी एकीकृतरूपमा कार्यक्रम बनाएमा सहज हुने निरौलाको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पदम लामिछानेले कमजोर वर्गहरू नै बढी विपद्को सामना गर्नुपर्ने भएकाले संवेदनशील भएर लाग्नुपर्ने बताए । विपद्मा सही सूचना नआउँदा प्रतिकार्यमा समस्या भएको भन्दै सरोकारवाला निकायहरू समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यक रहेको औल्याए । विपद्को प्रतिकार्य गर्दा स्वास्थ्य, मनोसामाजिक परामर्श, कानूनी विषयसँगै न्यायको पाटोमा संवेदनशील दिएमा लैङ्गिक हिंसालाई न्यूनीकरण गर्न सकिने लामिछानेले बताए ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रशासकीय अधिकृत दीपेन सुवेदीले विपद् व्यवस्थापन गर्दा लैङ्गिक संवेदनशीलतालाई ध्यान दिन जरुरी रहेको औँल्याए । उनले नगरपालिकाले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि लैङ्गिकमैत्री दृष्टिकोणबाट नीतिहरू निर्माण गरिएको बताए ।

युएनडिपीका डिल्ली उपाध्यायले विपद् व्यवस्थापनका लागि सहरी विपद् उत्थानशीललगायतका अन्य परियोजनाहरू सञ्चालन गरिएको बताए। उक्त परियोजनामार्फत विपद्का व्यवस्थापनसँगै प्रतिकार्यका कामहरु अघि बढाइएको जानकारी दिए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ९ : २६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक