विश्वभर कोरोना संक्रमितको कूल संख्या ३० करोड नजिक | Khabarhub Khabarhub

विश्वभर कोरोना संक्रमितको कूल संख्या ३० करोड नजिक

पछिल्लो २४ घण्टामा करिब २४ लाख थपिए, मृत्यु ६,८५९


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा करिब २४ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो एक दिनमा हालसम्मकै सर्वाधिक २३ लाख ६४ हजार ७६ जनामा संक्रमण पाइएको हो । अघिल्लो दिन साढे २० लाखभन्दा धेरैमा संक्रमण पाइएको थियो ।

बिहीबार अमेरिकामा मात्रै ५ लाख ४२ हजार, फ्रान्समा ३ लाख ३२ हजार, बेलायतमा एक लाख ९४ हजार, इटलीमा एक लाख ८९ हजार, स्पनेमा एक लाख ३७ हजार र अर्जेन्टिनामा ९५ हजार थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या २९ करोड ७९ लाख ५४ हजार ५० पुगेको छ । तीमध्ये २५ करोड ६७ लाख ४३ हजार जना निको भइसकेका छन् भने ५४ लाख ८१ हजार ३३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ८५९ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक हजार ५६८, रुसमा ८२८, पोल्याण्डमा ६३२, जर्मनीमा ४३१, बेलायतमा ३४३, युक्रेनमा २७३ र फ्रान्समा ३४६ जना छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ६ : २७ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून