उत्तर कोरियाको आणविक परीक्षणप्रति दक्षिण कोरिया, जापान र अमेरिकाद्वारा निन्दा « Khabarhub

उत्तर कोरियाको आणविक परीक्षणप्रति दक्षिण कोरिया, जापान र अमेरिकाद्वारा निन्दा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाको आणविक परीक्षणप्रति छिमकी मुलुकहरुले आपत्ति जनाएका छन् ।

उत्तर कोरियाले बुधबार जापानको समुद्री तटनजिकै व्यालिस्टिक मिसाइल प्रहार गरेको थियो । परीक्षणको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन् ।

‘उत्तर कोरियाको आणविक परीक्षणको दक्षिण कोरियाले निन्दा गर्छ,’ दक्षिण कोरियाले जोइन्ट चिफ अफ स्टाफ (जेसीएस) ले एक विज्ञप्तिमा भनेको छ । त्यस्तै जापानले उत्तर कोरिया आणविक होड त्याग्ने आफ्ना पूर्ववत प्रतिबद्धताबाट भागेको आरोप लगाएको छ ।

सो व्यालिस्टिक मिसाइल करिव ५०० किलोमिटर टाढासम्म पुगेको जापानका रक्षामन्त्री नोबुओ किशीले बताएका छन्। परीक्षणबारे अमेरिकी गुप्तचर निकायका अधिकारीले सुक्ष्म विश्लेषण गरेको प्राप्त समाचारमा जनाइएको छ ।

उत्तरले बुधबार गरेको परीक्षण यस वर्षकै पहिलो आणविक परीक्षण हो । उत्तरका आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ । आफूमाथि लागेका प्रतिबन्ध हटे मात्र आणविक परीक्षण नगर्ने उत्तर कोरियाले जबाफ दिँदै आएको छ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ८ : ३० बजे

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै