तनहुँको ऋषिङ गाउँपालिकामा पुस २७ गते सार्वजनिक बिदा « Khabarhub

तनहुँको ऋषिङ गाउँपालिकामा पुस २७ गते सार्वजनिक बिदा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाको ऋषिङ गाउँपालिकाले यही पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

दोस्रो ऋषिङ अल्ट्रा म्याराथनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको प्रवक्ता विजय दरैले जानकारी दिए । गाउँपालिकाले खुला, महिला र स्थानीयका लागि म्याराथन गर्दैछ । म्याराथनका लागि विभिन्न ठाउँमा १६ वटा गेट निर्माण गरिनेछ र प्रत्येक गेटमा चेक प्वाइन्ट राखिनेछ ।

खुला म्याराथन ४२ दशमलव २ किमि दूरीको हुनेछ । धारुङ भञ्ज्याङबाट सुरु हुने दौड रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ, पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, चालिसे, भिरकोट, अर्चल्दी, मौरीबास, दाङसिरी, दुवुङकोट पुगेर टुङ्गिनेछ ।

स्थानीयतर्फ १० किमि दूरी दौड धारुङ भञ्ज्याङबाट सुरु भएर रानीपोखरी, गाउँपालिकाको कार्यालय, अर्खलाछाप, केउराडी, ज्यामिरेमाई मन्दिरमा टुङ्गिनेछ भने महिलातर्फ चार किमि दूरी दौड धारुङबाट सुरु भएर रानीपोखरी, गोरखालीचौतारी, गैह्राथोक, दुर्गामन्दिर, कोटदरवार पुगेर टुङ्गिनेछ ।

खुलातर्फ प्रथम हुनेलाई रु ६५ हजार, द्वितीय हुनेलाई रु ४० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना हुने तीन जनालाई रु दश हजार पुरस्कार प्रदान गरिनेछ । स्थानीयतर्फ प्रथम हुनेलाई रु १५ हजार, द्वितीय हुनेलाई रु १० हजार, तृतीय हुनेलाई रु ६ हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ ।

महिलातर्फ प्रथम हुनेलाई रु १० हजार, द्वितीय हुनेलाई रु आठ हजार, तृतीय हुनेलाई रु पाँच हजार र सान्त्वना हुने एक जनालाई रु दुई हजार पुरस्कार प्रदान गरिनेछ । सोही दिन ऋषिङ–३ मा निर्माण भएको अतिथि भवनको कांग्रेस नेता रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १० : १० बजे

जरूरी आयोजनालाई प्राथमिकता दिएर अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरूलाई प्राथमिकताका आधारमा अघि

संविधान संशोधनको जिम्मा पाएका अशिम कुनै बेला भन्थे, ‘राजा आऊ, देश बचाऊ’

काठमाडौं- अशिम शाह अहिले प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार

मध्यपूर्व तनाव चर्किँदै, क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती

एजेन्सी– मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको

शेखर आएपछि सुरु भयो कांग्रेस पूर्णबहादुर पक्षको बैठक

काठमाडौं– नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक सुरु भएको छ । 

इन्डोनेसियामा डुङ्गा डुब्दा फसेका चालक दलका सबै सदस्यको जीवितै उद्धार

जकार्ता– इन्डोनेसियाको उत्तरी मालुकु प्रान्तको तालियाबुमा डुङ्गा डुब्दा फसेका २१