‘स्नोड्रप’ अभिनेत्री किमको निधन « Khabarhub

‘स्नोड्रप’ अभिनेत्री किमको निधन


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल(अमर उजाला)– दक्षिण कोरियाली फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री किम मी सूको आकस्मिक निधन भएको छ । सामाजिक सञ्जालमा उनको निधनको खबर आउनासाथ फ्यानमाझ शोकको लहर छाएको छ ।

फिल्म ‘स्नोड्रप्स’ फेम अभिनेत्री किम ३१ वर्षकी थिइन् । उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । उनको एजेन्सीले एक विज्ञप्ती जारी गर्दै अभिनेत्रीको निधनको पुष्टि गरेको छ । एजेन्सीले अभिनेत्रीको मृत्युको कारणलाई लिएर कुनै पनि अफवाहमा ध्यान नदिन वा त्यसको हिस्सा नबन्न आग्रह गरेको छ ।

अभिनेत्री किम फिल्ममा दमदार अभिनयका लागि चिनिन्थिइन् । अभिनेत्रीले ‘हाय बाय मामा’, ‘द स्कुल नर्स फाइल्स’ र ‘युमिज सेल प्रोजेक्ट्स’मा अभिनय गरेकी थिइन् । यसबाहेक उनी हालैको ‘स्नोड्रप’का कारण चर्चामा थिइन् ।

किमको यो दक्षिण कोरियाली टेलिभिजन सिरिज विवादमा थियो । कोरियाई इन्टरनेट प्रयोगकर्ताले यो सिरिजले दक्षिण कोरियामा सन् १९८० को दशकमा लोकतन्त्र समर्थक आन्दोलनलाई विकृत गरेको र राष्ट्रिय सुरक्षा योजनालाई बद्नाम बनाएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ११ : २२ बजे

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को

मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ

महेन्द्रनगर– मधेस प्रदेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता डा. सुनिलरञ्जन सिंहले आज

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर