‘स्नोड्रप’ अभिनेत्री किमको निधन « Khabarhub

‘स्नोड्रप’ अभिनेत्री किमको निधन


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल(अमर उजाला)– दक्षिण कोरियाली फिल्म उद्योगकी लोकप्रिय अभिनेत्री किम मी सूको आकस्मिक निधन भएको छ । सामाजिक सञ्जालमा उनको निधनको खबर आउनासाथ फ्यानमाझ शोकको लहर छाएको छ ।

फिल्म ‘स्नोड्रप्स’ फेम अभिनेत्री किम ३१ वर्षकी थिइन् । उनको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन । उनको एजेन्सीले एक विज्ञप्ती जारी गर्दै अभिनेत्रीको निधनको पुष्टि गरेको छ । एजेन्सीले अभिनेत्रीको मृत्युको कारणलाई लिएर कुनै पनि अफवाहमा ध्यान नदिन वा त्यसको हिस्सा नबन्न आग्रह गरेको छ ।

अभिनेत्री किम फिल्ममा दमदार अभिनयका लागि चिनिन्थिइन् । अभिनेत्रीले ‘हाय बाय मामा’, ‘द स्कुल नर्स फाइल्स’ र ‘युमिज सेल प्रोजेक्ट्स’मा अभिनय गरेकी थिइन् । यसबाहेक उनी हालैको ‘स्नोड्रप’का कारण चर्चामा थिइन् ।

किमको यो दक्षिण कोरियाली टेलिभिजन सिरिज विवादमा थियो । कोरियाई इन्टरनेट प्रयोगकर्ताले यो सिरिजले दक्षिण कोरियामा सन् १९८० को दशकमा लोकतन्त्र समर्थक आन्दोलनलाई विकृत गरेको र राष्ट्रिय सुरक्षा योजनालाई बद्नाम बनाएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ११ : २२ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले