‘ए’ डिभिजन लिगः शुक्रबारबाट नवौँ चरणका खेल « Khabarhub

‘ए’ डिभिजन लिगः शुक्रबारबाट नवौँ चरणका खेल


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरु हुँदैछ ।

सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मर्स्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ रंगशालामा सञ्चालन हुने तालिका छ ।

पहिलो दिन दुई खेल आयोजना हुनेछ । दिउँसो १ बजे संकटा क्लबले सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा रेलिगेसन जोनको ‘ब्याटल’मा एपीएफ फुटबल क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ ।

शनिबार तीन खेल हुनेछन् । १ बजे हुने खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लबले पुछारमा रहेको फ्रेन्ड्सको चुनौती पाउनेछ । दिउँसो २ बजे पोखरामा मनाङ र च्यासल प्रतिस्पर्धा गर्दा साँझ पौने ५ बजे न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी फुटबल क्लब शीर्ष चारका लागि आमुने सामुने हुनेछन् ।

तेस्रो दिन तथा आइतबार एक मात्रै खेल हुनेछ । साँझ पौने ५ बजे तय खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै सोमबारको एक मात्रै खेलमा विभागीय टोली नेपाल पुलिसले रेलिगेसनबाट उम्कन ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को सामना गर्नेछ ।

जारी शीर्ष डिभिजनको लिगको सातौ चरणको खेल सकिँदा ५ जित, २ बराबरसहित अपराजित रहेको मछिन्द्र शीर्षस्थानमा १७ अंक बनाएको छ । यससँगै उसले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप–२०२२ छनोटमा स्थान बनायो ।

१६ अंकसहित मनाङ दोस्रो, १३ अंकको संकटा तेस्रो, समान ११ अंकका आर्मी र शेर्पा क्रमशः चौथो र पाँचौ स्थानमा छन् । समान १० अंकका थ्री स्टार र एनआरटी क्रमशः छैठौं स्थान र सातौं स्थानमा छन् ।

यता, अन्तिम खेलमा पराजित सातदोबाटो ८ खेलबाट आठौं स्थानमा झर्दा जावलाखेल ७ अंकसहित नवौं स्थानमा छ । समान ६ अंकका एपीएफ र पुलिस क्रमशः दशौं र एघारौं स्थानमा रहँदा ५ अंकको बीबीसी र च्यासल क्रमशः १२ र १३ औं स्थानसँगै रेलिगेसन जोनमा छन् । यता, फ्रेन्ड्स भने ३ अंकसहित पुछारमा छ । जारी लिगको पुछारमा रहने टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : १५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई

काठमाडौंमा माघमा ९७६ अपराधका मुद्दा दर्ता

काठमाडौं– काठमाडौं जिल्लामा गत माघ महिनामा ९७६अपराधका मुद्दा दर्ता भएका