प्रधानमन्त्री देउवा सहभागी हुन लागेको भाइब्रेन्ट गुजरात समिट स्थगित « Khabarhub

प्रधानमन्त्री देउवा सहभागी हुन लागेको भाइब्रेन्ट गुजरात समिट स्थगित


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थागित गरिएको छ ।

भारतको गुजरातमा हुन लागेको सम्मेलन तत्कालका लागि स्थगित गरिएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै बढेपछि गुजरात सरकारले जनवरी १० देखि गर्न लागेको समिट स्थगित गरेको हो ।

गुजरात सरकारले अर्को मिति अझै तय नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त समिटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने कि नजाने भन्ने अझै निर्णय भइसकेको छैन ।

भाइब्रेन्ट गुजरात सन् २००३ देखि प्रत्येक दुई दुई वर्षमा हुँदै आएको छ । यसमा विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरुहरु सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : १७ बजे

स्वर्णलक्ष्मी सहकारी ठगी : काठमाडौँ जिल्ला अदालतमा पुगेर रवि लामिछानेले लिए तारिख

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जिल्ला अदालत

पहिरोका कारण विद्यालयको निर्माणाधीन खेलमैदान भत्कियो

मान्म– जिल्लाको नरहरिनाथ गाउँपालिका-३ मा रहेको रमा माध्यमिक विद्यालयको निर्माणाधीन

चारपटक म्याथ थपेर कालिकाको प्रशासकीय भवन सम्पन्न : निर्माण कम्पनीलाई एक करोड १६ लाख जरिवाना

चितवन– यहाँस्थित कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत

एमाले अध्यक्ष ओली अदालत नजाने : भर्चुअल हाजिर हुने

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका नेकपा (एमाले)का अध्यक्ष केपी

महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरी परिसरमा शोभा पाठक

काठमाडौं– नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री महेश बस्नेतलाई पक्राउ गर्न