प्रधानमन्त्री देउवा सहभागी हुन लागेको भाइब्रेन्ट गुजरात समिट स्थगित « Khabarhub

प्रधानमन्त्री देउवा सहभागी हुन लागेको भाइब्रेन्ट गुजरात समिट स्थगित


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भनिएको ‘भाइब्रेन्ट गुजरात’ समिट स्थागित गरिएको छ ।

भारतको गुजरातमा हुन लागेको सम्मेलन तत्कालका लागि स्थगित गरिएको भारतीय पत्रिका द हिन्दुले जनाएको छ ।

भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै बढेपछि गुजरात सरकारले जनवरी १० देखि गर्न लागेको समिट स्थगित गरेको हो ।

गुजरात सरकारले अर्को मिति अझै तय नगरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त समिटलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम थियो । समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने कि नजाने भन्ने अझै निर्णय भइसकेको छैन ।

भाइब्रेन्ट गुजरात सन् २००३ देखि प्रत्येक दुई दुई वर्षमा हुँदै आएको छ । यसमा विभिन्न देशका राष्ट्र प्रमुख, मन्त्रीहरुहरु सहभागी हुँदै आएका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : १७ बजे

काठमाडौं- ३ बाट कुलमानको उम्मेदवारी दर्ता

काठमाडौं– उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले काठमाडौँ

पाँचथरमा कांग्रेस एकजुट, देउवा पक्षका आङ्देम्बेले सघाए थापा पक्षका केरुङलाई 

काठमाडौं– नेपाली कांग्रेसबाट पाँचथरमा नरेन्द्र कुमार केरुङलाई टिकट दिएको छ। 

महेश बस्नेतविरुद्ध शोभा पाठकको उम्मेदवारी 

काठमाडौं– नेपाल जनसेवा पार्टीबाट भक्तपुर-२ मा नेकपा एमालेका नेता महेशविरुद्ध

चीनको एक कारखानामा विस्फोट, नौ जनाको मृत्यु

एजेन्सी– उत्तरी चीनको एउटा  कारखानामा भएको विस्फोटमा ज्यान गुमाउनेको सङ्ख्या

प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दर्ता गरे

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले