कोरोनामुक्त भए मेस्सी | Khabarhub Khabarhub

कोरोनामुक्त भए मेस्सी


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्जेन्टिना– स्टार खेलाडी लियोनल मेस्सी कोभिड–१९ परीक्षण रिर्पोट नेगेटिभ आएसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) को प्रशिक्षणमा फर्किने भएका छन् । फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पीएसजीले मेसीको कोभिड टेष्ट पोजेटिभ आएसँगै अर्जेन्टिना फर्केको जनाएको छ ।

क्लबले कोरोना टेष्ट नेगेटिभ आएसँगै आगामी साता हुने लियोनसँगको खेलमा मेस्सी उपलब्ध हुनसक्ने जनाएको छ । संक्रमणकै कारण मेसीले सोमबार कप डे फ्रान्सअन्तर्गत भेनासविरुद्धको खेल गुमाएका थिए । किलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पिएसजीले भेनासमाथि ४–० को सहज जित निकालेको थियो ।

गत अगष्टमा स्पेनिस क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब भित्रिएका मेसी लिग वानमा लय भेट्टाउन संघर्षरत छन् । पिएसजीबाट १६ खेल खेलेका ३४ वर्षीय मेसीले ६ गोल र चार असिस्ट गरेका छन् ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  २ : १५ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड