विद्यार्थीबाट अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न केएमसीका प्रिन्सिपललाई मन्त्री पौडेलको निर्देशन « Khabarhub

विद्यार्थीबाट अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न केएमसीका प्रिन्सिपललाई मन्त्री पौडेलको निर्देशन


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले काठमाडौँ मेडिकल कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई विद्यार्थीहरुबाट अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न चुनौती दिएका छन् ।

बिहीबार अनुगमन गर्न भक्तपुरको दुवाकोटमा रहेको शिक्षण अस्पतालमा पुगेका मन्त्री पौडेलले प्रिन्सिपल श्रेष्ठलाई चुनौती दिएका हुन् । अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न नसके कानून बमोजिम कारवाही हुने चेतावनीसमेत मन्त्री पौडेलले दिए । उनले भने,‘ भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी र अभिभावकसँग बसेर वार्ता गर्नुहोस् ।’

अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाइने बताएका थिए । मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि आउन आग्रह गरेकी छिन् ।

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारवाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो ।

कलेजले विद्यार्थीहरुबाट चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिएको उजुरी आएपछि त्यसको अनुगमन गर्न मन्त्री पौडेल र भक्तपुर प्रमुख जिल्ला अधिकारी शर्मासहितको टोली कलेजमा गएको हो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : ३० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल