मेनोपजको समयमा हुने समस्या कम गर्ने घरेलु उपचार « Khabarhub

मेनोपजको समयमा हुने समस्या कम गर्ने घरेलु उपचार


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

४५–५५ उमेर पुगेपछि महिलाहरुमा महिनावारीको प्राकृतिक प्रक्रिया स्थायी रुपले रोकिने गर्दछ । त्यसैलाई मेनोपज भनिन्छ । यो उमेर भन्दा पहिले पनि अपरेशन गरी पाठेघर वा डिम्बाशय निकालिएको छ भने पनि महिनावारी रोकिने गर्दछ ।
यो अवधिमा महिलाको शरीरमा हर्माेनको गडबढीको कारण शारीरिक र मानसिक उथलपुथल देखा पर्ने गर्दछ । मेनोपजपछि महिलाहरुमा मुटुको समस्या र हड्डी खिइने समस्या देखिने सम्भावना रहन्छ । भोजन, व्यायाम र सकारात्मक जीवनशैली जोड्दै यसबाट उब्जिने कष्ट निवारण गर्न सकिन्छ ।
घरेलु उपचार
– दैनिक भोजनमा कम्तिमा ५० ग्राम भट्टमास वा यसका परिकारहरु समावेश गराउनाले हट फ्लास र हड्डी खिइने समस्याबाट बच्न सकिन्छ ।
– भिटामिन ईयुक भोजन (गहुँको चोकर, हरियो सागपात, अण्डा, भटमास, ब्रोकाउली, काजु, पेश्ता, देशीबदाम, बदाम आदिको सेवन यो अवस्थामा अति लाभदायक मानिन्छ ।
– भिटामिन बी कम्प्लेक्सको सेवनले मानसिक उथलपुथल र तनावलाई कम गर्न सघाउँछ ।
– श्रोतहरु— गेडागुडी, दूध, कलेजो, माछा, मासु, अण्डा, हरियो सागपात, चोकरसहितको अन्न, जौ, फर्सीको र सूर्यमुखीको बियाँ, केरा, काजु, पेश्ता, देशीबदाम, खुर्पानी आदि ।
– क्याल्सियमयुक्त भोजन (तील, दही, दूध आदि) सेवन गर्नुपर्दछ ।
– भिटामिन ए, सी र जिंकलाई पनि दैनिक भोजनमा समावेश गराउनुपर्दछ ।
– मौसम अनुसारका तरकारीहरु र यसका सुप तथा फलफूल र यसको जुस नियमित सेवन गर्नु लाभदायक हुन्छ ।
साभार : ‘एकसे एक उपचार’ पुस्तकबाट

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ९ : २८ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित