टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे ! « Khabarhub

टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे !

१० लाख प्रयोगकर्ता घट्दा सेयर लगानीमा २७ प्रतिशत कमी


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सामाजिक संजाल फेसबुकको प्रयोगकर्ता घटेका छन्। शुक्रबार १८ वर्षको वार्षिकोत्सव मनाएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेको हो।

कम्पनीका अनुसार सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेका हुन्।

फेसबुकको मूल कम्पनी मेटा नेकवर्क (पहिले फेसबुक भनेर चिनिने) का अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता १९३ करोडबाट घटेर १९२ दशमलव ९ करोड भएको छ। तर, कम्पनीको लागि १० लाख प्रयोगकर्ता घट्नु सामान्य हो।

पछिल्लो १८ वर्षमा पहिलो पटक प्रयोगकर्ता घट्न सुरु भएको हो। प्रयोगकर्ता घटेको खबर सार्वजनिक भएपछि कम्पनीको सेयर लगानीमा २७ प्रतिशतले कमी भएको छ।

योसँगै कम्पनीको बजार मूल्य झण्डै २३७ अर्ब डलर घटेको छ। अमेरिकामा एकै दिनमा कुनै पनि कम्पनीको सेयरमा यो अङ्कले कमी आएको पहिलो पटक हो।

पछिल्लो समय टिकटक र युट्यूवमा युवाको आकर्षण बढेपछि फेसबुक प्रयोगकर्ता घटेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ३३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको