टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे ! | Khabarhub Khabarhub

टिकटक र युट्यूब आकर्षणले फेसबुक प्रयोगकर्ता घटे !

१० लाख प्रयोगकर्ता घट्दा सेयर लगानीमा २७ प्रतिशत कमी


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सामाजिक संजाल फेसबुकको प्रयोगकर्ता घटेका छन्। शुक्रबार १८ वर्षको वार्षिकोत्सव मनाएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेको हो।

कम्पनीका अनुसार सन् २००४ को फेब्रुअरी ४ मा स्थापना भएको फेसबुकको प्रयोगकर्ता पहिलो पटक घटेका हुन्।

फेसबुकको मूल कम्पनी मेटा नेकवर्क (पहिले फेसबुक भनेर चिनिने) का अनुसार सन् २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकको दैनिक सक्रिय प्रयोगकर्ता १९३ करोडबाट घटेर १९२ दशमलव ९ करोड भएको छ। तर, कम्पनीको लागि १० लाख प्रयोगकर्ता घट्नु सामान्य हो।

पछिल्लो १८ वर्षमा पहिलो पटक प्रयोगकर्ता घट्न सुरु भएको हो। प्रयोगकर्ता घटेको खबर सार्वजनिक भएपछि कम्पनीको सेयर लगानीमा २७ प्रतिशतले कमी भएको छ।

योसँगै कम्पनीको बजार मूल्य झण्डै २३७ अर्ब डलर घटेको छ। अमेरिकामा एकै दिनमा कुनै पनि कम्पनीको सेयरमा यो अङ्कले कमी आएको पहिलो पटक हो।

पछिल्लो समय टिकटक र युट्यूवमा युवाको आकर्षण बढेपछि फेसबुक प्रयोगकर्ता घटेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ५ : ३३ बजे

इलाम–२ मा यसरी हुँदैछ मतगणनाको तयारी

इलाम – इलाम–२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई