चन्दा सङकलन गरेर १८ किलोमीटर सडक निर्माण | Khabarhub Khabarhub

चन्दा सङकलन गरेर १८ किलोमीटर सडक निर्माण


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो। यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ ।

यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो । हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले रु. एक करोड भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी दिए।

‘महभिरदेखि घराम्दी–प्यारीभारानी हुदै घोडेपानी जोड्ने छोटो दुरिको सडक पोखरेबगर भन्दा करिब तीस मिनेट छिटो पनि छ,’ उनले भने, ‘बैकल्पिक सडकबाट घोडेपानी आवत जावत हुन थालेको छ । धार्मिक पर्यटकीय स्थल प्यारीभारानीको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ।’

घराम्दीबासी, प्रवासी, छिमेकी गाउँका बासिन्दाबाट एक करोड १७ लाख ८५ हजार ९२० रुपैया चन्दा जुटाएर बेनी–जोमसोम सडकको महभिरदेखि घराम्दी हुदै ठुलाखर्क पुर्‍याइएको सडक गत बर्ष थप रु पाँच लाख खर्चेर प्याराभारानी ताल पुर्‍याइएको उनले जानकारी दिए ।

यसैगरी गाउँपालिकाको रु १२ लाख र प्रदेश सरकारको रु आठ लाख अनुदानमा टिकोटबाट मथेनी हुदै ठुलाखर्क जोड्ने करिब पाँच किमी सडक निर्माण भएको छ । डिभिजन वन कार्यालयको रु २० लाख सहयोगमा घोडेपानीदेखि प्यारीबाराही ताल जोड्ने डेढ मिटर फराकिलो तीन-तीन किमीको घोडा र साइकल मार्ग निर्माण गरिएको छ ।

घराम्दीका तिर्थबहादुर फगामीले सडक यातायातको सुबिधासँगै पर्यटकीय महत्वको पेरी भरानी तालमा भक्तजन र पर्यटकको आगमन बढेको बताए। ‘जनैपूर्णिमा पर्वमा यहाँ पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने विश्वासका साथ मेला लाग्ने गर्छ,’ उनले भने, ‘करिब दुई सय मिटर लम्बाई र एक सय मिटर चौडाईमा गोलो आकारमा फैलिएको ताल आकर्षक र मनमोहक छ ।’

गुराँसको जंगलको बीचमा रहेको ताल परिसरबाट धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरी रेञ्चका हिमाल र पहाडी भूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानी र प्यारीभारानी क्षेत्रमा गण्डकी प्रदेशमा ठूलो गुराँसको जंगल छ । यहाँको जंगलमा डाँफे, कालिज, मृग, चितुवा, घोरल लगायत वन्यजस्तुको बसोबास छ । समुन्द्रि सतहदेखि दुई हजार ८०० मिटरको उचाईमा अवस्थित घोडेपानी प्रसिद्ध पर्यटकीय स्थल पुनहिलको प्रवेशद्वार हो ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ५० बजे

धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु

म्याग्दी– धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतारोहीको मृत्यु

कर्मचारी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको समितिको गुनासो

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिले कर्मचारी व्यवस्थापनमा वन

सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने

चौतारा– सरकारले भारतबाट २० वटा बेलिब्रिज ल्याउने  तयारी गरेको छ

बाढीपहिरो पीडितलाई सिजी इलेक्ट्रोनिक्सले ल्यायो ‘सहायता सेवा’  

काठमाडौं– सिजी इलेक्ट्रोनिक्सले बाढीपहिरो पीडितलाई ‘सहायता सेवा’ नामक कार्यक्रम सञ्चालनमा

बङ्गलादेशमा बाढीका कारण छ जनाको मृत्यु, लाखौँ प्रभावित

ढाका– भारी वर्षाले निम्त्याएको विनाशकारी बाढीका कारण बङ्गलादेशको उत्तरी मैमनसिंह