लागुऔषधसहित भारतीय दुई जना भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

लागुऔषधसहित भारतीय दुई जना भारतीय नागरिक पक्राउ


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – प्रहरीले झापाको मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय नागरिक लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दार्जीलिङस्थित चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश छन् । उनीहरुलाई १५ ग्राम ब्राउनसुगरसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

प्रहरी चौकी ज्यामिरगढी र सशस्त्र प्रहरी बल (बीओपी) ज्यामिरगढीबाट खटिएको गस्ती टोलीले शङ्का लागेर जाँच गर्दा उनीहरुको साथबाट ती अबैध पदार्थ बरामद भएको थियो । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ७ : ३४ बजे

एमाले विधान महाधिवेशन – ‘मनमा विद्या मुखमा ओली’

काठमाडौं- नेकपा एमालेको विधान महाधिवेशनमा १० वटा समूहगत छलफलमा नेतृत्वका

एमालेको विधान महाधिवेशनले पारित गर्‍यो २८ बुँदे प्रस्ताव

काठमाडौँ- नेकपा एमालेको भदौ २०–२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा

रसियाद्वारा युक्रेनमा ८०५ ड्रोन र १३ मिसाइल प्रहार

किभ – युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति

एमालेले चीन र भारतलाई भन्यो : लिपुलेक नेपाली भूमि हो, व्यापारिक नाकाको सहमतिबाट पछि हट्नू

ललितपुर- नेकपा एमालेले नेपाली भूमि लिपुलेकमा भारत र चीनले व्यापारीक