कर्णालीमा घट्दै कुष्ठरोगी « Khabarhub

कर्णालीमा घट्दै कुष्ठरोगी


२३ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णालीको मुख्य स्वास्थ्य समस्याका रूपमा रहेको कुष्ठरोग पछिल्ला वर्ष भने घट्दो दरमा रहेको पाइएको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले पाँच वर्षअघि र यसपछिका वर्षहरूको तुलना गर्दै कुष्ठरोगका बिरामी घट्दो दरमा रहेको जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले पाँच वर्षअघि बिरामी पत्ता लाग्ने दर ६.४९ प्रतिशततथाहाल ३.६७ प्रतिशत रहेको बताए। ‘कर्णालीमा कुष्ठरोग निवारणको चरणमा पुगेको छ, बिरामीको पहिचान वर्षेनी घट्दो क्रममा छ’, उनले भने, ‘समयमै रोग पत्ता लगाएर नियमित उपचार गरेमा यो पूर्णरूपमा निको हुन्छ, अपाङ्गता हुनबाट बच्न सकिन्छ ।’

कर्णालीमा कुष्ठरोग निवारणका लागि सरकारी निकायसँगै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था आइएनएफले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३-७४ मा ११५, २०७४-७५ मा ११५, २०७५-७६ मा ८९, २०७६-७७ मा ५५ र २०७७-७८ मा ६७ नयाँ बिरामी फेला परेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७८, आइतबार  ८ : ५५ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री